
कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ पितमारीमा “सबै पत्रकार एकजुट बनौँ, पत्रकार अधिकारको लागी एक हौ” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार मिलन कार्यक्रम सम्पन्न भएको छ । लम्कीचुहा प्रेस क्लबको आयोजनामा बाँके बर्दिया र कैलालीका पत्रकार बीच शुभकामना आदानप्रदान गरिएको थियो। पत्रकार मिलन कार्यक्रमको आर्थिक सहयोग केदार टुर एण्ड ट्राभल्सले सहयोग गरेको थियो ।
वनभोज कार्यक्रमका संयोजक दिपक रावलको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथीमा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य लिला जंग शाही र विशिष्ट अतिथिमा केदार टुर एन्ड ट्राभल्सका अर्जुन रावल र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव इन्दु केसी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्युरे, प्रेस चौतारी नेपालका प्रदेश महासचिव भानुभक्त आचार्य, पत्रकार महासंघ कैलाली शाखा सदस्य बिरेन्द्र शाह , प्रेस सेन्टर नेपालका कैलाली जिल्ला सदस्य सागर चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथी शाहीले देशमा राजतन्त्र र गणतन्त्र पक्षधरको आन्दोलन बाट देशमा अशान्तिको बाताबरण शृजना फैलिएकोले बताए । समाज परिवर्तन र देशमा दिगो शान्ति र सामाजिक सद्भाव र सुशासन कायमका निम्ति आ-आफ्नो मिडियामा समाचार लेखेर सरकारको ध्यानाकर्षण गर्न आग्रह गरे। २०४८ सालमा पुर्व माननीय गङ्गा बहादुर कुँवरले चिसापानी जंगलघाट हुँदै मगलसेन जोडने सडकको साडे ३ द्शक सम्म निर्माणकार्य सम्पन्न नभएको समेत बताए । अछाम, दैलेख, जुम्ला , कालिकोट र सुर्खेत जाने छोटो दुरी सडक निर्माणकार्य लागि समेत दबाब मुलुक समाचार लेख्न आग्रह गरेका थिए । कार्यक्रममा स्वागत मनतब्य पत्रकार आशिष् मल्ल ठकुरीले गरेका थिए भने कार्यक्रमको संचालक लम्की प्रेस क्लबका अध्यक्ष भुपेन्द्र बिकले गरेका थिए। कार्यक्रम कैलाली, बाँके र बर्दिया करिव ५० जना पत्रकारको सहभागीता रहेको थियो ।