सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे

काठमाडौं। सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो ।यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?