लम्कीचुहामा विपन्नका हातमा पक्की घरको साँचो : घर नै पाइए, अरु के खाँचो ?

लम्की । वर्षौँदेखि टालटुलको सहारामा जीवन गुजारिरहेका लम्कीचुहाका विपन्न परिवारका लागि यो बैशाख उत्सवसरह बन्यो । छाना चुहिने डर, हुरीसँगै काँप्दै बिताएका रात, र भित्ताबाट झर्ने माटोको डर अहिले उनीहरूको जीवनबाट हराउँदै छ । कारण, अब उनीहरूको हातमा छ, आफ्नै पक्की घरको साँचो । त्यो साँचो केवल ताल्चा खोल्ने औजार होइन, साँचो: सुरक्षा, सम्मान र स्थायित्वको हो ।

 

हिजोका दिनहरूमा खाना पकाउँदा छाता ओढ्नु पर्ने बाध्यता थियो, हावाहुरी चल्दा पूरै घर हल्लिने डर थियो, अनि सुत्दा पनि मनमा शंका र डर थियो । आज ती सबै पीडाका पानाहरू पुराना भए । अब उनीहरू ढुक्क छन्, न्यानो ओछ्यानमा चैनको निन्द्रा सुत्न सक्छन् । अब उनीहरूलाई लाग्न थालेको छ ‘जब टाउकोमाथि पक्की छाना हुन्छ, तब जीवन अलिक सहज लाग्दो रहेछ ।’ २५ वर्षीया आशा चौधरी भन्छन् ।

 

लम्कीचुहा नगरपालिका वडा नं. ४, कौवापुरस्थित शिविर क्षेत्रमा बुधवार ३८ विपन्न परिवारलाई शौचालय सहितको दुई कोठे पक्की भवन हस्तान्तरण गरिएको छ ।

 

नगर प्रमुख सुशीला शाहीका अनुसार यो घर हस्तान्तरण उनीकै निर्वाचनकालीन प्रतिबद्धताको परिपूर्ति हो । ‘त्यो बेला उम्मेदवारी पनि टुंगो लागेको थिएन,’ उनी भन्छिन्, ‘भुप्रा जस्ता घर देखेर मैले यहाँका जनतासँग प्रतिवद्धता गरेकी थिएँ, र आज त्यो पूरा भएकोमा खुसी छु ।’

 

२५ वर्षीया आशा चौधरीका आँखा अहिले अझ उज्याला छन् । उनले भनिन्, ‘पहिले छाना चुहिन्थ्यो, हुरी आउँदा सुत्नै सक्दैनथ्यौं । अब नगरपालिकाले बनाइदिएको घरले हामीलाई ढुक्क बनाएको छ ।’

 

यस सुरक्षित नगर आवास कार्यक्रम ह्याविटाट नेपाल, लम्कीचुहा नगरपालिका, र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा संचालित हो । कुल ४५ घरमध्ये ३८ घर तयार भई हस्तान्तरण गरिएका हुन्, जसमा वडा नं. ४ कौवापुरमा ३१ र वडा नं. ३ बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएको हो ।

*लागत सहभागिता*

ह्याविटाट् नेपाल, लम्कीचुहा नगरपालिका र सुदूरपश्चि प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालित सुरक्षित नगरवास कार्यक्रम अन्तरगत लम्कीचुहामा ४५ घर निर्माण गरिएका छन् । वडा नं.४ को शिविर कौवापुरमा ३१ घर र वडा नं.३ को बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएको छ । ३८ घर परिवारका २ सय २८ जनाको लागि निर्माण गरिएको जम्मा लागत २ करोड ६१ लाख ६० हजार ४ सय रहेको ह्याविटाट् नेपाल, की पश्चिम कार्यालय प्रमुख पुनिता चौधरीले जानकारी दिइन् । जसमा ह्याविटाट् नेपालको ९४ लाख ५३ हजार ७ सय ५०, लम्कीचुहा नगरपालिकाको ८० लाख १६ हजार ४ सय, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३५ लाख रुपैयाँ र समुदायकोको ५१ लाख १० हजार ४ सय रुपैयाँ बराबरको श्रमदान रहेको छ ।

*थप १४ घरको शिलान्यस*

 

असुरक्षित आवासमा रहेका नागरिकलाई सुरक्षित अवास प्रदान गर्दै उनीहरूको आवास निर्माणमा गर्ने खर्च कटौती गरि आयआर्जनमा बृद्धि गर्ने, प्राकृतिक विपत्तिबाट बचाउने उदेश्य रहेको सुरक्षित आवास कार्यक्रम अन्तरगत लम्कीचुहामा थप १४ घरको शिलान्यस पनि भएको छ । लम्कचुहा नगर प्रमुख सुशीला शाही, ह्याविटाट् नेपालकी पश्चिम कार्यालय संयोजक पुनिता चौधरी, र ह्याविटाट् नेपालको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कका कन्द्रीय अध्यक्ष मोहन ओड लगायतको सहभागीतमा बुधवार नै लम्कीचुहा–८ डम्मरीयामा १४ वटा घरको शिलान्यास भएको छ । ६ लाख ८८ हजार २ सय ८५ रुपैयाँ पचास पैसा लागत रहेको प्रति घरमा लम्कीचुहा नगरपालिकाले ५० हजार, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबा २ लाख ९४ हजार, ह्याविटाट् नेपालको २ लाख ५० हजार रुपैयाँ र ९४ हजार २ सय ८५ रुपैयाँ ४७ पैसा बराबरको जनश्रमदान रहने छ ।

 

वडा अध्यक्ष तारा प्रसाद अधिकारीले सिँचाइ, तारबार र खानेपानी जस्ता समस्याहरू पनि समाधानको चरणमा रहेको जानकारी दिए । उनका अनुसार सम्बन्धित निकायहरूसँग छलफल भइसकेको छ र चाँडै सकारात्मक परिणाम आउने अपेक्षा छ ।

 

घर मात्र होइन, आत्मविश्वासको पुनर्निर्माण पनि भइरहेको छ लम्कीचुहामा । जहाँ हिजोका दिन भुप्राजस्ता टहरामा काटेकारू आज आफ्नै पक्की घरको छानोमुनि आश्वस्त जीवन बाँच्न थालेका छन् ।

किनभने, घर नै पाइए, अरु के खाँचो?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

काठमडौँ,  राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा नरेश सुवेदी नियुक्त हुनुभएको छ । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उहाँलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो ।     विगत २५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत डा सुवेदी यसअघि...

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

विराटनगर,  सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उहाँले सुरु गर्नुभएको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो ।   खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९