
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।नेपाली समय अनुसार सो खेल १२ः ३५ बजेदेखि शुरु हुनेछ ।नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो ।नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ ।
नेपाली टोलीः
लइन्दु बर्मा (कप्तान) पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा