काठमाडौं। जापानको टोकियो हानेदाले फहराएको सरसफाईको झण्डा अहिले विश्वभर सुनिएको छ । यो एयरपोर्ट यति चम्किलो छ कि ऐना पनि लजाउँछ भनिन्छ । बेलायतको प्रसिद्ध संस्था स्काईट्र्याक्सले सन् २०२५ को लागि ‘विश्वको स्वच्छ विमानस्थल’ को उपाधि हानेडालाई हस्तान्तरण गर्दा अन्य विमानस्थलका अधिकारीहरुको पसिना छुटेको छ । यो बर्ष जापानको यो विमानस्थलले सरसफाईमा सबैलाई पछि पारेको छ ।
सिंगापुरको चाङ्गी विमानस्थल दोस्रो र कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो भएको छ । सियोल इन्चेन र हङकङ एयरपोर्टहरूले पनि आफ्नो चमक कायम राखेका छन्। जापानको कुरा गर्दा यो सूचीमा यसको वर्चस्व प्रष्ट देखिन्छ । शीर्ष १० मा तीन जापानी विमानस्थल सेन्ट्रेर नागोया, टोकियो नारिता र कानसाई समावेश रहेका छन्। यस बाहेक ताइवानको ताओयुवान एयरपोर्ट र स्वीट्जरल्याण्डको जुरिच एयरपोर्टले पनि उत्कृष्ट १० मा आफ्नो स्थान बनाएका छन् । सरसफाईमा प्रतिस्पर्धा हुने गरेको छ र यसमा एसियाका विमानस्थलहरु अग्रस्थानमा रहेका छन् ।
अब कुरा गरौं ती विमानस्थलको जुन आकारमा सानो भए पनि सरसफाइमा कसैभन्दा कम छैनन् । स्काई ट्र्याक्सको अर्को रिपोर्ट अनुसार बहराइन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड ५० लाख यात्रु क्षमताको रहेको छ, जो १० उत्कृष्ट श्रेणीमा विश्वकै सफा विमानस्थल घोषित गरिएको छ । बार्षिक लाखौं यात्रु ओहोरदोहोर गर्ने बावजुद यो विमानस्थलले सरसफाईका सबै मापदण्ड पूरा गरेको छ । विमानस्थल सानो होस् वा ठुलो होस्, सफा राख्ने नियत हो भने सरसफाइमा अतुलनीय काम गर्न सकिन्छ भन्ने प्रमाण हो ।
सिंगापुरको चांगी एयरपोर्ट यस वर्ष धेरै बिषयमा विजेता बनेको थियो। यसले विश्वको सर्वश्रेष्ठ एयरपोर्ट डाइनिंग र विश्वको सर्वश्रेष्ठ एयरपोर्ट वाशरूमको उपाधि जितेको छ। यसको मतलब यहाँ सरसफाइसँगै खाना र सुविधा पनि बेजोड छ । यसका साथै चाङ्गीलाई एसियाकै उत्कृष्ट विमानस्थलको रुपमा पनि छनोट गरिएको छ । चाङ्गी एयरपोर्ट ग्रुपका सीईओ याम कुम वेङले भने कि यो मान्यताले यात्रुहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने हाम्रो संकल्पलाई अझ बलियो बनाएको छ।
कुनै समय विश्वको पहिलो नम्बरमा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थल यसपटक तेस्रो स्थानमा झरेको छ । तर, विश्वको उत्कृष्ट एयरपोर्ट किनमेल र मध्यपूर्वको उत्कृष्ट विमानस्थलको उपाधि जितेर आफ्नो महिमा कायम राखेको छ । अर्कोतर्फ दुबई इन्टरनेशनल एयरपोर्ट ११ औं स्थानमा रहे पनि यसको आँखा भविष्यमा टिकेको छ । किनभने, दुबई सरकारले अल मकतूम इन्टरनेशनल मा नयाँ यात्री टर्मिनल निर्माण गर्न ३५ अर्ब डलरको ठूलो लगानी गर्ने निर्णय गरिसकेको छ। यसको पहिलो चरण २०३२ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ र भविष्यमा यस विमानस्थलको वार्षिक २६ करोड यात्रु ह्याण्डल गर्ने क्षमता हुने जनाइएको छ।
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































