गुजरातले दिल्लीलाई १० विकेटले हरायो, प्लेअफमा सुरक्षित

नयाँ दिल्ली ।  गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ ।आइतवार राती सम्पन्न खेलमा गुजरातले दिल्लीलाई १० विकेटले सानदार रूपमा पराजित गरेको हो ।दिल्लीले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १९ ओभरमा कुनै विकेट नगुमाएर सो लक्ष्य पुरा गरेको थियो । गुजरातका लागि साई सुदर्सनले अविजित १०८ रन बनाएका थिए थिए भने कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला पहिला ब्याटिंग गरेको दिल्लीले केएल राहुलको ११२ रनको शतकीय पारीको मद्दतले २० ओभरमा ३ विकेट गुमाउदै १९९ रन बनाउन सफल भएको थियो ।यो जितपछि गुजरात टाइटन्स जारी आइपिएलको प्लेअफमासमेत पुगेको छ । गुजरातको १२ खेलमा १८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

 

त्यस्तै गुजरातसँगै दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्स पनि प्लेअफमा पुगेका छन् । अब प्लेअफको एक स्थानका लागि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा हुन बाँकी रहेको छ ।दिल्ली क्यापिटल्स यो हारपछि १२ खेलमा १३ अंकसहित पाँचौं स्थानमा रहेको छ र प्लेअफको सम्भावना अझै कायम रहेको छ, उसले मुम्बईलाई हराउन सकेमा प्ले अफमा पुग्न सक्नेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?