महिला एफए कपको च्याम्पियन भयो चेल्सी

काठमाडौं। साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न फाइनलमा चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोरले दुई तथा क्याटरिना मकारियोले एक गोल गरेकी थिइन् ।

 

खेलको ४५औं मिनेटमा बाल्टिमोरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लिन सफल भएएको थियो भने ८४औं मिनेटमा मकारियोले टोलीको अग्रता दोब्बर बनाइन ।अन्ततः इन्जुरी समयमा बाल्टिमोरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाइन् । यो सिजन चेल्सीको यो तेस्रो घरेलु उपाधि हो । यसअघि टोलीले महिला सुपर लिग र महिला लिग कपको उपाधिसमेत जितेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?