म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ । मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १–० ले पराजित भयो । मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा  सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो । ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए । उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?