च्याम्पियन्स लिगको ‘टिम अफ द सिजन’ मा पिएसजीको दबदबा

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको टिम अफ द सिजनमा च्याम्पियन पिएसजीको दबदबा देखिएको छ ।युइएफएले जारी गरेको च्याम्पियन्स लिगको ‘टिम अफ द सिजन’ मा पिएसजीका ७ खेलाडी समावेश रहेका छन् । त्यस्तै बार्सिलोनाका २ खेलाडी छन् भने आर्सनल र इन्टर मिलानका एक एक खेलाडी रहेका छन्  ।युइएफएले टेक्निकल अबजर्बरहरुले यो टिम छानेको जानकारी दिएको छ ।

 

च्याम्पियन्स लिगको ‘टिम अफ द सिजन’ मा गोलकिपर पिएसजीका जियानलुइगी डोनारुम्मा, डिफेन्डरमा पिएसजीका अचरफ हाकिमी, मार्क्वीन्होस  र नुनो मेन्डेस रहेका छन् भने इन्टर मिलानका लेसेन्ड्रो बास्टोनी रहेका छन् ।

 

 

त्यस्तै मिडफिल्डरमा पिएसजीका विटिन्हा र आर्सनलका डेक्लान राइस रहेका छन् । त्यस्तै फरवार्डमा बार्सिलोनाका लामिन यमल र राफिन्हा रहेका छन् भने पिएसजीका डिजीरे डोओइ र ओसमान डेम्बेले रहेका छन्  ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?