देशैभरिको यातायात व्यवसायीको बन्दकको प्रभावमा लम्कीमा पनि : अलपत्र यात्रु

लम्की । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेकोमा त्यसको प्रभाव कैलालीको लम्कीमा पनि परेको छ ।

 

समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज सोमाबार बिहानैदेखि देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेपछि लम्कीमा यात्रु अलपत्र परेका छन् ।

 

भोली(मंगलवार) कञ्चनपुरमा हुने लोकसेवा आयोगको परीक्षामा सहभागी हुन बिरगंजबाट आएका विद्यार्थीहरू पनि लम्कीमै रोकाइएको छ । जसबाट विद्यार्थीलाई समस्या भएको छ ।

 

‘भोली हुने लोकसेवाको परीक्षा दिन हामी बिरगंजबाट ३५ जना विद्यार्थी आएका छौँ । भोली परीक्षा छ अहिलेसम्म हामी लम्कीमा नै छौँ । हामीलाई लम्कीमा नै रोकिएको छ ।हामीलाई समस्या भएको छ ।’ विद्यार्थी सुनिल शाहले भने ।

 

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई पनि भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै केही दिनअघिदेखि व्यवसायीले गण्डकी प्रदेशमा यातायात बन्द गर्दै आएका थिए ।

 

आफ्ना मागप्रति वेवास्ता गरिएको भन्दै उनीहरुले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन् ।

 

त्यस्तै ‘सार्वजनिक यातायात क्षेत्र विस्थापित हुने अवस्थामा पुगेकोले आन्दोलन अपरिहार्य भएको’ संघर्ष समितिका सदस्य तथा रिभरसाइड यातायात प्रा.लि.का अध्यक्ष गणेशराज ओलीले बताए । उनका अनुसार सवारी ऐन २०४० को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत प्रदेश सरकारहरूले संघीय कानुनसँग बाझिने गरी आ–आफ्नै नियमावली ल्याउने कार्य अघि बढाएका छन् ।

 

व्यवसायीहरूको माग छ—प्रदेश सरकारले संविधानअनुसार संघीय कानुनलाई मिच्ने गरी छुट्टै नियमावली ल्याउन नपाउने । विशेषतः गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सार्वजनिक सवारीसरह सञ्चालन गर्न ल्याएको नियमावली, २०८२ तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

 

त्यस्तै सर्वोच्च अदालतले संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेका संघरसमितिको नवीकरणसम्बन्धी सम्पत्ति फुकुवाको २०८० चैत २० गतेको परमादेश गृह मन्त्रालयले अझै कार्यान्वयन नगरेको भन्दै सो आदेश तत्काल लागू गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

 

सवारी ऐन २०४९ संशोधन प्रक्रियामा रहेको अवस्थामा सरकारसँग विभिन्न मितिमा यातायात व्यवसायी महासंघहरू र मजदुर संगठनहरूले गरेका सहमति, सम्झौता तथा सरकारद्वारा गठित कार्यदलका सुझाव यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग पनि आन्दोलनको केन्द्रमा छ ।

 

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, तर हाल ट्राफिक प्रहरी र यातायात कार्यालय मौन बसेको, जरिवाना असुलीमा मात्रै ध्यान दिँदा सडक संरचना बिग्रिएको र दुर्घटनाको संख्या बढेको व्यवसायीहरूको गुनासो छ ।

 

सार्वजनिक यातायात क्षेत्रका कामदारका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्यरूपमा लागू गर्नुपर्ने माग गरिएको छ। साथै, बीमा दर निर्देशिका २०७३ लाई अद्यावधिक गर्दै दुर्घटना क्षतिपूर्ति, उद्धार र राहतका लागि दुर्घटना राहत कोष स्थापना तथा ढुवानी ऐन लागू गरी मालबस्तुमा अनिवार्य बीमा गराउने नीति बनाइनुपर्ने व्यवसायीहरूको जोड छ ।

 

त्यस्तै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्तामैत्री र प्रविधिमैत्री बनाउन सरोकारवालासहितको अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने माग पनि राखिएको छ ।

 

छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नेपाली भन्सार नाकामा ७२ घण्टा सम्म निःशुल्क सेवा दिइने असमान नीति तत्काल हटाउनुपर्ने व्यवसायीको भनाइ छ। उनीहरूले यो नीति स्वदेशी पुँजीको संरक्षण विपरीत भएको र नेपाली पुँजी विदेश पलायनको जोखिम बढाएको जनाएका छन् ।

 

 

व्यवसायीहरूले माग सम्बोधनका लागि चरणबद्ध संघर्षको कार्यक्रम पनि घोषणा गरे अनुसार आज १८ गते कालो झन्डासहित प्रदेशभर सवारी साधनसहित विरोध ¥याली गरिने भएको छ । सो दिनसम्म माग सम्बोधन नभए १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन रूपमा सवारीसाधनहरू ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

*यस्ता छन् व्यवसायीहरूको माग ः*

आन्दोलन किन ? सार्वजानिक यातायात क्षेत्र बचाउनका लागि ।

१) सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २२ दफा १२ को १ विपरीत हुने गरी संघिय

ऐन संग वाझीने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२÷२÷१ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको सवारी कालो प्लेट सरह संचालन गर्न लागेकोले ।

२) सम्मानित सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४मा रहेका संघ समिति नविकरण सम्पती फुकुबाको मिति २०८÷१२÷२) गतेको परमादेश अहिलेसम्म गृह मन्त्रालयले लागु नगरिएकोले ।

३) सवारी ऐन २०४० संसोधनको कममा रहेको हुँदा रहेको अवस्थामा नेपाल सरकारसंग यातायात व्यवसायी महासंघहरू र मजदुर संघ संगठनहरू संग विभिन्न मितिमा भएको सम्झौता सहमतिहरू २ नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाब प्रतिवेदनहरू कार्यान्वयन नगरी सार्वजानिक यातायात क्षेत्र सरकारले अस्तव्यस्त पारिएकोले ।

४) मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४को दफा १३अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागू नगरी ट्राफिक प्रहरी र यातायात कार्यालयको मौन समर्थनमा जरिवानामा मात्र ध्यान दिई सडक संरचना विग्रने र अत्याधिक दुर्घटना वृद्धि भएकोले ।

५) सार्वजनीक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागु नगरिएकोले ।

६) बिमा दर निर्देशिका २०७३ लाई समयानुकुल ससोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको नागि दुर्घटना राहतकोषको स्थापना गर्न दुद्वानी ऐन लागु गरी माल बस्तुमा अनिवार्य विमा गर्ने निति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्ता, मुखि, प्रविधि मैत्री बनाउन सरोकारवाला सहितको अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नगरिएकोले ।

७) छिमेकी मुलुकह?बाट नेपाल प्रवेश गर्दा मालवाहक तया यात्रुवाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घण्टे सुबिधा पाउने असमान निति भएकोले स्वदेशि पुंजीको संरक्षण गरि नेपाली पुंजी विदेश पलायन हुनबाट रोक्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९