देशैभरिको यातायात व्यवसायीको बन्दकको प्रभावमा लम्कीमा पनि : अलपत्र यात्रु

लम्की । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेकोमा त्यसको प्रभाव कैलालीको लम्कीमा पनि परेको छ ।

 

समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज सोमाबार बिहानैदेखि देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेपछि लम्कीमा यात्रु अलपत्र परेका छन् ।

 

भोली(मंगलवार) कञ्चनपुरमा हुने लोकसेवा आयोगको परीक्षामा सहभागी हुन बिरगंजबाट आएका विद्यार्थीहरू पनि लम्कीमै रोकाइएको छ । जसबाट विद्यार्थीलाई समस्या भएको छ ।

 

‘भोली हुने लोकसेवाको परीक्षा दिन हामी बिरगंजबाट ३५ जना विद्यार्थी आएका छौँ । भोली परीक्षा छ अहिलेसम्म हामी लम्कीमा नै छौँ । हामीलाई लम्कीमा नै रोकिएको छ ।हामीलाई समस्या भएको छ ।’ विद्यार्थी सुनिल शाहले भने ।

 

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई पनि भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै केही दिनअघिदेखि व्यवसायीले गण्डकी प्रदेशमा यातायात बन्द गर्दै आएका थिए ।

 

आफ्ना मागप्रति वेवास्ता गरिएको भन्दै उनीहरुले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन् ।

 

त्यस्तै ‘सार्वजनिक यातायात क्षेत्र विस्थापित हुने अवस्थामा पुगेकोले आन्दोलन अपरिहार्य भएको’ संघर्ष समितिका सदस्य तथा रिभरसाइड यातायात प्रा.लि.का अध्यक्ष गणेशराज ओलीले बताए । उनका अनुसार सवारी ऐन २०४० को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत प्रदेश सरकारहरूले संघीय कानुनसँग बाझिने गरी आ–आफ्नै नियमावली ल्याउने कार्य अघि बढाएका छन् ।

 

व्यवसायीहरूको माग छ—प्रदेश सरकारले संविधानअनुसार संघीय कानुनलाई मिच्ने गरी छुट्टै नियमावली ल्याउन नपाउने । विशेषतः गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सार्वजनिक सवारीसरह सञ्चालन गर्न ल्याएको नियमावली, २०८२ तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

 

त्यस्तै सर्वोच्च अदालतले संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेका संघरसमितिको नवीकरणसम्बन्धी सम्पत्ति फुकुवाको २०८० चैत २० गतेको परमादेश गृह मन्त्रालयले अझै कार्यान्वयन नगरेको भन्दै सो आदेश तत्काल लागू गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

 

सवारी ऐन २०४९ संशोधन प्रक्रियामा रहेको अवस्थामा सरकारसँग विभिन्न मितिमा यातायात व्यवसायी महासंघहरू र मजदुर संगठनहरूले गरेका सहमति, सम्झौता तथा सरकारद्वारा गठित कार्यदलका सुझाव यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग पनि आन्दोलनको केन्द्रमा छ ।

 

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, तर हाल ट्राफिक प्रहरी र यातायात कार्यालय मौन बसेको, जरिवाना असुलीमा मात्रै ध्यान दिँदा सडक संरचना बिग्रिएको र दुर्घटनाको संख्या बढेको व्यवसायीहरूको गुनासो छ ।

 

सार्वजनिक यातायात क्षेत्रका कामदारका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्यरूपमा लागू गर्नुपर्ने माग गरिएको छ। साथै, बीमा दर निर्देशिका २०७३ लाई अद्यावधिक गर्दै दुर्घटना क्षतिपूर्ति, उद्धार र राहतका लागि दुर्घटना राहत कोष स्थापना तथा ढुवानी ऐन लागू गरी मालबस्तुमा अनिवार्य बीमा गराउने नीति बनाइनुपर्ने व्यवसायीहरूको जोड छ ।

 

त्यस्तै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्तामैत्री र प्रविधिमैत्री बनाउन सरोकारवालासहितको अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने माग पनि राखिएको छ ।

 

छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नेपाली भन्सार नाकामा ७२ घण्टा सम्म निःशुल्क सेवा दिइने असमान नीति तत्काल हटाउनुपर्ने व्यवसायीको भनाइ छ। उनीहरूले यो नीति स्वदेशी पुँजीको संरक्षण विपरीत भएको र नेपाली पुँजी विदेश पलायनको जोखिम बढाएको जनाएका छन् ।

 

 

व्यवसायीहरूले माग सम्बोधनका लागि चरणबद्ध संघर्षको कार्यक्रम पनि घोषणा गरे अनुसार आज १८ गते कालो झन्डासहित प्रदेशभर सवारी साधनसहित विरोध ¥याली गरिने भएको छ । सो दिनसम्म माग सम्बोधन नभए १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन रूपमा सवारीसाधनहरू ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

*यस्ता छन् व्यवसायीहरूको माग ः*

आन्दोलन किन ? सार्वजानिक यातायात क्षेत्र बचाउनका लागि ।

१) सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २२ दफा १२ को १ विपरीत हुने गरी संघिय

ऐन संग वाझीने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२÷२÷१ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको सवारी कालो प्लेट सरह संचालन गर्न लागेकोले ।

२) सम्मानित सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४मा रहेका संघ समिति नविकरण सम्पती फुकुबाको मिति २०८÷१२÷२) गतेको परमादेश अहिलेसम्म गृह मन्त्रालयले लागु नगरिएकोले ।

३) सवारी ऐन २०४० संसोधनको कममा रहेको हुँदा रहेको अवस्थामा नेपाल सरकारसंग यातायात व्यवसायी महासंघहरू र मजदुर संघ संगठनहरू संग विभिन्न मितिमा भएको सम्झौता सहमतिहरू २ नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाब प्रतिवेदनहरू कार्यान्वयन नगरी सार्वजानिक यातायात क्षेत्र सरकारले अस्तव्यस्त पारिएकोले ।

४) मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४को दफा १३अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागू नगरी ट्राफिक प्रहरी र यातायात कार्यालयको मौन समर्थनमा जरिवानामा मात्र ध्यान दिई सडक संरचना विग्रने र अत्याधिक दुर्घटना वृद्धि भएकोले ।

५) सार्वजनीक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागु नगरिएकोले ।

६) बिमा दर निर्देशिका २०७३ लाई समयानुकुल ससोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको नागि दुर्घटना राहतकोषको स्थापना गर्न दुद्वानी ऐन लागु गरी माल बस्तुमा अनिवार्य विमा गर्ने निति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्ता, मुखि, प्रविधि मैत्री बनाउन सरोकारवाला सहितको अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नगरिएकोले ।

७) छिमेकी मुलुकह?बाट नेपाल प्रवेश गर्दा मालवाहक तया यात्रुवाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घण्टे सुबिधा पाउने असमान निति भएकोले स्वदेशि पुंजीको संरक्षण गरि नेपाली पुंजी विदेश पलायन हुनबाट रोक्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९