युक्रेनको अपरेशन ‘स्पाइडर वेब’ ले रूस ‘सरप्राइज’, कसरी भयो आक्रमण ?

काठमाडौँ । युक्रेनले हालै रुसको एयरबेसमा गरेको आक्रमणलाई अहिलेसम्मकै अभूतपूर्व आक्रमण भनिएको छ ।जुन १ मा, १०० भन्दा बढी युक्रेनी ड्रोनहरूले आणविक हतियार बोक्न सक्षम लामो दूरीको बमवर्षक विमानहरूलाई लक्षित गर्दै रूस भित्रका वायुसेना अड्डाहरूमा आक्रमण गरे । अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिइएको थियो । जब रूसका धेरै भागहरूबाट विस्फोटका रिपोर्टहरू आउन थाले, यसले रुसलाई ‘सरप्राइज’ गर्यो । यी आक्रमण युक्रेनबाट ८ हजार किलोमिटर टाढासम्म गरिएका थिए ।

 

 

 

रूसी रक्षा मन्त्रालयले यी आक्रमणहरू उनीहरूको देशका पाँच क्षेत्रहरू- मुर्मान्स्क, इर्कुत्स्क, इभानोभो, रियाजान र अमुरमा भएको पुष्टि गरेको छ तर मुर्मान्स्क र इर्कुत्स्कमा मात्र विमानहरू क्षतिग्रस्त भएको र अन्यत्रका आक्रमणहरू विफल पारिएको दाबी गरेको छ ।

 

 

 

युक्रेनको सैन्य गुप्तचर एजेन्सीले दिएको जानकारी अनुसार, ड्रोनहरू काठका क्याबिनहरूमा लुकाइएको थियो र ट्रकहरूको मद्दतले रूसमा ढुवानी गरिएको थियो । यी क्याबिनहरू टाढाबाट सञ्चालित छानामुनि लुकाइएको थियो । यी ट्रकहरूलाई विमानस्थलहरूमा लगिएको थियो, जसका चालकहरूलाई ट्रकहरूमा राखिएका सामानहरूको वास्तविकताको बारेमा कुनै जानकारी थिएन । त्यहाँ पुगेपछि, ड्रोनहरू प्रक्षेपण गरिएको थियो र लक्ष्यतिर पठाइएको थियो ।

 

 

अनलाइन भिडियोमा, ट्रकबाट ड्रोन निस्किरहेको देख्न सकिन्छ । एक ट्रक चालकले रूसी राज्य मिडिया रिया नोवोस्तीलाई भने अनुसार उनी र अन्य चालकहरूले ढुङ्गा हानेर ड्रोनलाई उडानबाट रोक्न खोजेका थिए ।रूसी टेलिग्राम च्यानल ‘बाजा’ बाट अपुष्ट रिपोर्टहरू अनुसार, धेरै ट्रक चालकहरूले उनीहरूलाई रूसका विभिन्न स्थानहरूमा काठका क्याबिनहरू पुर्‍याउन व्यवसायीहरूले बुक गरेको बताएका छन् । केही चालकहरूले पछि फोनमा ट्रक कहाँ पार्क गर्ने भन्ने बारे निर्देशन प्राप्त गरेको बताए ।

 

 

 

जब उनीहरूले ट्रक पार्क गरे, त्यसपछि ड्रोनहरू बाहिर निस्किरहेको देखेर छक्क परेका थिए । अपरेशनको निरीक्षण गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साहसी आक्रमणमा ११७ ड्रोनहरू प्रयोग गरिएको र जसको तयारी गर्न १६ महिना ६ दिन लागेको बताएका छन् । उनले एउटा लक्ष्य रूसी सुरक्षा सेवा कार्यालयको छेउमा भएको समेत बताएका छन् ।

 

 

 

रूसले आक्रमणको सम्बन्धमा केही मानिसहरूलाई हिरासतमा लिइएको बताएको छ, तर जेलेन्स्कीका अनुसार, अपरेशनमा मद्दत गर्नेहरूलाई ‘रूसी क्षेत्रबाट हटाइएको र अब उनीहरु सुरक्षित रहेको बताएका छन् ।युक्रेनको सुरक्षा सेवा कार्यालयले साझा गरेका तस्बिरहरूमा काठको क्याबिनमा भण्डारण गरिएका दर्जनौं कालो ड्रोनहरू देखिएका छन्, जुन रूसी सैन्य ब्लगरहरूले चेल्याबिन्स्कमा रहेको गोदामको रूपमा पहिचान गरेका छन् ।

 

 

रुसमा गरिएको यो आक्रमणमा प्रयोग गरिएका ड्रोनहरू सामान्य क्वाडकोप्टरहरू थिए जसले भारी विस्फोटक पदार्थ बोक्न सक्थे । आक्रमणलाई असाधारण बनाउने कुरा यी ड्रोनहरू रूसमा तस्करी गरिएको र त्यसपछि उपग्रह वा इन्टरनेट लिङ्कहरू मार्फत टाढाबाट सञ्चालन गरिएको, भएको बताइएको छ ।

 

 

 

जेलेन्स्कीले ११७ ड्रोनहरू मध्ये प्रत्येकको आफ्नै पाइलट भएको दाबी गरेका छन् । युक्रेनले ड्रोनहरू कहाँबाट पाएको भनेर बताएन, तर युद्ध सुरु भएदेखि नै यसले ड्रोन निर्माणमा ठूलो प्रगति गरेको छ र सम्भवत यी ड्रोनहरू युक्रेन आफैले बनाएको हुनसक्ने भनिएको छ ।

 

 

युक्रेनका अनुसार, ४१ रणनीतिक बमवर्षकहरूलाई लक्षित गरिएको थियो र ‘कम्तिमा’ १३ नष्ट गरिएको छ । रुसले केही विमानहरू क्षतिग्रस्त भएको स्वीकार गरेको छ।क्यापेला स्पेसद्वारा साझा गरिएको रडार उपग्रह छविहरूले बेलाया एयरबेसमा कम्तिमा चार रूसी बमवर्षकहरू गम्भीर रूपमा क्षतिग्रस्त वा नष्ट भएको देखाउँछन् ।

 

 

 

रूससँग कति ए-५० छन् भन्ने थाहा छैन, तर फेब्रुअरी २०२४ मा युक्रेनी सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले यो संख्या आठ रहेको बताएका थिए । त्यसैले पनि यो क्षति रूसको लागि ठूलो धक्का भएको मानिएको छ  ।युक्रेनले यो अपरेशन ‘स्पाइडर वेब’ ले रूसलाई ७ अर्ब डलरको क्षति पुर्‍याएको दाबि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ, नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ, नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ ।   अगुवा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर,  आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९