जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

काठमाडौं – चक्रिय ब्याजमा लगानी गरेर मोटो रकम असुल्ने विराटनगरका मिटरब्याजी सञ्जयप्रसाद रौनियारले जेलबाट छुटेपछि आतंक मच्चाएका छन्।‘मन्टु’ भनेर चिनिने रौनियारले जेलबाट छुटेपछि पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिएर पैसा माग्ने गरेका हुन्। उनले पैसा नदिए कारबाहीको त्रास देखाउने गरेका छन्।

 

 

मोरङ जिल्ला अदालतबाट ठगी र आपराधिक लाभको मुद्दामा सफाइ पाएर रौनियार २०७९ जेठ ९ गते छुटेका थिए। जेलबाट छुटेको केही वर्षपछि उनले गाउँका सर्वसाधारणलाई हुलाकमार्फत् धम्कीपूर्ण चिठी पठाएका छन्।पीडितका अनुसार मन्टुलाई साँवा-ब्याज गरी तिर्नुपर्ने भन्दा बढी बुझाएर जग्गा फिर्ता गरिएको थियो। तर, फेरि मन्टुले अझै पैसा तिर्न बाँकी छ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पीडितले गुनासो गरे।हुलाकमार्फत् पत्र पठाउने र भनेजतिको पैसा नदिए प्रहरी प्रशासन लगाएर कानुनी कारबाही गर्ने धम्की मन्टुले दिने गरेको मोरङको सुनवर्षी नगरपालिका-४ का अमितकुमार यादवले बताए।

 

 

अमितका बुवा महावीरले मन्टुसँग ६ वर्षअगाडि एक बिघा १ कठ्ठा १५ धूर जग्गा राजीनामा पास गरेर दुई लाख रुपैयाँ ऋण लिएका थिए। मन्टुसँग लिएको दुई लाखको ब्याज र साँवा गरेर २० लाख रुपैयाँ तिरेका थिए।तर, मन्टुले अझै २० लाख रुपैयाँ दिएपछि मात्रै महावीरको जग्गा फिर्ता गरिदिने बताए। त्यसपछि महावीरसहित मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ लिएको भन्दै जाहेरी दिएका थिए। २९ मंसिर २०७७ मा मोरङ प्रहरीले मन्टुलाई पक्राउ गर्‍यो।

 

मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि १३ माघ २०७७ मा मन्टुविरूद्ध मुद्दा दायर भयो। मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको थियो।मिटरब्याजमा ऋण दिएको भन्दा दुई गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ।

 

 

मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो। २०७७ माघ २० मन्टु मोरङ कारागार चलान भए।

 

 

कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधरणलाई उनले आफू जग्गा फिर्ता गर्न तयार भएको सन्देश पठाए। त्यसबेला निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षर गर्नका लागि श्रीमती ज्योती रौनियारलाई अख्यितारी दिए।

 

 

 

वडा कार्यालयमा निवेदन दिने १७ जना र मन्टुको तर्फबाट श्रीमती ज्योतिले निवेदकहरुलाई नै जग्गा बिक्री गर्ने सहमति २०७७ चैत ८ गते गरिन्। मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने सहमति बन्यो।मन्टु त्यसबेला पुर्पक्षका लागि थुनामा रहेकोले उनको श्रीमती रौनियारलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए।‘यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमार्फत् २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेको छ। नदिए कानुन अनुसार कारबाही गर्ने भन्दै धम्कीपूर्ण पत्र पठाएको छ,’ पत्रकार सम्मेलनमा उनले भने।

 

 

मन्टुले जेठ १४ गते बुधबार पत्र पठाएको उनले बताए।  ‘जेलबाट छुटेपछि फेरि मन्टुको पुरानो मिटरब्याज र असुली धन्दा चलाउन थालेका रहेछन्। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्रचार गरेर पैसा माग्दैछन्। यो गैरकानुनी धन्दाको विरुद्ध हामी फेरि पीडितहरू संगठित भएर न्यायको खोजीमा जानेछौं,’ उनले भने।

 

 

 

जेलबाट मन्टु छुटेपछि प्रहरी प्रशासान आफ्नो पक्षमा रहेको भन्दै भनेजति पैसा नदिए थुनामा पठाउने उनले धम्की दिएको विराटनगर-८ का गणेश रायले बताए।मन्टुले हुलाकमार्फत् पत्रचार गरेर २५ लाख रुपैयाँ मागेको उनले बताए। गणेशका अनुसार उनका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कठ्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए। विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रुपैयाँ दिए। पछि मन्टु जेल गएपछि उनकी श्रीमतीलाई २५ लाख रुपैयाँ दिएर एक कठ्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए।

 

 

 

‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घरभाडाबापत ९ लाख रुपैयाँ नबुझाएको भन्दै मुद्दा हाले। मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने पैसला पनि गर्‍यो। तर, अदालतले भनेजति पैसा तिर्न नसकेपछि ज्वाइँ महानन्द राय १३ असोज २०८१ मा जेल गए। उनलाई बिगो बराबरको दुई वर्ष कैद सजाय भयो। जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो,’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावमा रहनुभएको थियो। मन्टुले दिएको तनावले ज्वाइँको मृत्यु भयो।’

 

 

 

धनपालथान-१ नोचाका गुल्जार मियाँले आफ्नो बाबु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र आफूले नलिएको बताए। ‘उनले भनेजति पैसा दिएपछि जग्गा बुवा इनुस मियाँको नाममा आएको छ। अहिले फेरि मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले हामीले नबुझेका हौं,’ उनले भने।मन्टुले पठाएको पत्रमा सबैलाई एकै प्रकारको भाषा प्रयोग गरिएको छ।

 

 

 

मन्टुले पत्रचार गरेको मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे।मन्टु भनिने रौनियारले भने आफूले कसैलाई दुःख दिने नियतले नभएर बिक्री गरेको जग्गाको पैसा माग्न पत्र पठाएको बताएका छन्। उनले आफूमाथि लागेको अरू सबै आरोप भने अस्वीकार गरेका छन्। उनले भने, ‘म जेलमा हुँदा जग्गा बिक्री भएको थियो, तर त्यसको पैसा अहिलेसम्म पाएको छैन। मैले चिठी पठाएर धम्की दिएको होइन, आफ्नो पैसा मागेको मात्रै हो।’

 

 

उनको दाबी अनुसार सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन। ‘यदि पैसा दिइएन भने कानुनी प्रक्रिया अगाडि बढाउँछु,’ उनले भने, ‘कारागारमा भएको बेला जग्गा बेचेको र त्यतिबेलाको सहमति अनुसार मेरो खातामा पैसा नहालिदिएका कारण अहिले मागेको हुँ। मैले बिक्री गरेको जग्गाको एक पैसा पनि पाएको छैन, त्यही पैसा मैले खोजेको हुँ, कसैलाई धम्की दिएको छैन।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९