कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सम्पन्न 

कञ्चनपुर – यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा दुई दिने ‘प्रभावमा आधारित पूर्वानुमान’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। यो कार्यशाला कञ्चनपुरका वेदकोट, भीमदत्त, दोधाराचाँदनी र डडेलधुराको परशुराम नगरपालिकालाई लक्षित गरी आयोजना गरिएको थियो, जसले मनसुन पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यशालामा मनसुनको समयमा बाढी, पहिरो र अन्य विपद्का घटनाहरूले पुऱ्याउन सक्ने क्षतिलाई कम गर्नका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणाली (Impact-Based Forecasting) को महत्वबारे विस्तृत छलफल गरिएको थियो। यस प्रणालीले मौसमसम्बन्धी जानकारीलाई सम्भावित प्रभावसँग जोडेर थप प्रभावकारी पूर्वसूचना प्रदान गर्न सहयोग गर्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव वेदनिधि खनालले विपद्का घटना हुनुअघि के गर्ने, घटना भइसकेपछि क्षति न्यूनीकरणमा कसरी सहयोग पुग्ने र समुदायलाई विपद्को बेला सुरक्षित बनाउने कार्यमा यो कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस वर्षको मनसुनको तयारीका लागि विभागले गरिरहेका विभिन्न प्रयासहरू र पूर्वसूचना प्रणालीलाई थप सुदृढ पार्न चालिएका कदमहरूबारे पनि जानकारी गराउनुभयो।

कार्यशालामा सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिहरू, विपद् सम्पर्क व्यक्तिहरू, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरू, तथा गैरसरकारी संस्थाहरू जस्तै एनएनएसडब्लुए, डिसिए, आइएचआरआर र नक्सा प्रालीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले कार्यक्रमको प्राविधिक पक्षलाई सशक्त बनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमानको महत्वबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने विभिन्न बुलेटिनहरू, पूर्वसूचना प्रणाली र तिनीहरूको उचित प्रयोगबाट कसरी मानवीय तथा भौतिक क्षतिलाई न्यून गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराउनुभयो। मौसमविद् महर्जनले विपद्का बेला तत्काल गरिने निर्णयका लागि सही र समयमै प्राप्त जानकारीको आवश्यकतामाथि जोड दिनुभयो।

डीसीएका व्यवस्थापक दिनेश गुरुङले पूर्वानुमान कार्यको आधारभूत अवधारणा, प्रभाव तालिका निर्माण लगायतका महत्वपूर्ण प्राविधिक पक्षहरूबारे जानकारी प्रदान गर्नुभयो। उहाँले स्थानीय स्तरमा जोखिम विश्लेषण र पूर्वतयारीका लागि आवश्यक पर्ने प्राविधिक ज्ञानको महत्वमाथि प्रकाश पार्नुभयो।उहाँले विशेषगरी यस वर्ष जल तथा मौसम विज्ञान विभागले औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको अवस्थामा महाकाली नदी बेसिन क्षेत्रमा रहेका पालिकाहरू भीमदत्त, परशुराम र दोधाराचाँदनीका साथै चौधर नदी बेसिन रहेको वेदकोट नगरपालिकाको संयुक्त टोलीले पूर्वतयारीमा अझ बढी ध्यान दिनुपर्ने र विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले विपद् जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सशक्तिकरण र क्षमता विकासको आवश्यकतामा जोड दिनुभयो। उहाँले समुदायको सक्रिय सहभागिताविना कुनै पनि विपद् व्यवस्थापन योजना सफल हुन नसक्ने बताउनुभयो।

त्यस्तै नक्सा प्रा.ली का प्रतिनिधि विद्या भण्डारीले विपद् पूर्वतयारीमा स्थानीय समुदाय र सरोकारवालाहरूको भूमिकालाई जोड दिनुभएको थियो। नक्सा प्रा.ली का प्रोग्राम म्यानेजर सुदर्शन हमालले विपद् जोखिम नक्साङ्कन र भूस्थानिक प्रविधिको प्रयोगबाट कसरी जोखिम क्षेत्रहरू पहिचान गर्न सकिन्छ र पूर्वतयारीलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा प्रस्तुति दिनुभयो।

आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले विपद् प्रतिकार्यमा सहकार्य र समन्वयको महत्वमाथि प्रकाश पार्दै, विभिन्न सरोकारवाला निकायहरूबीचको समन्वयले मात्र विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो।

कार्यशालामा गत वर्ष सञ्चालित यस्तै कार्यशालाले पारेको प्रभावबारे आईएचआरआरका मौसमविद् मनिषा केसीले समीक्षा र छलफल समेत गर्नुभएको थियो। यसले विगतका अनुभवबाट पाठ सिक्दै भविष्यका लागि थप प्रभावकारी योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यस कार्यशालाले कञ्चनपुर र डडेल्धुराका जोखिममा रहेका नगरपालिकाका लागि मनसुन पूर्वतयारीलाई अझ सशक्त बनाउने र सम्भावित विपद् बाट हुने क्षतिलाई कम गर्न महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९