इरानले इजरायलका ठुला सहर तेलअभिव र जेरूसेलममा पनि हान्याे मिसाइल

काठमाडौं । इरान र इजरायलका बिचमा रातभरी एक अर्का माथी मिसाइल प्रहार गरिरहेका छन् ।भर्खरै मात्रै इजरायलको राजधानी तेल अभिव र जेरुसेलममा विस्फोटका आवाज सुनिएको जनाइएको छ ।इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अवीव र जेरुसेलममा धेरै विस्फोटको आवाज सुनिएको जनाएको हो ।अन्तराष्ट्रिय सञ्चारमाध्यमले इजरायलका दुबै शहरहरूमा श्रृंखलाबद्ध विस्फोटको रिपोर्ट गरिरहेका छन ।‘अहिले तेल अवीभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?