
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ।च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे ।प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बसिरहेकाे हाे । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बसेकाे हाे ।