
काठमाडौं । पेनाल्टी सुट आउटमार्फत इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा क्वार्टरफाइनलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विडेनलाई ३–२ ले हराउन सफल भएको हो ।स्विजरल्यान्डमा भएको सो खेलमा इङ्ल्यान्ड खेलमा २–० ले पछि पर्दा पनि कमब्याक गर्न सफल भएको हो । खेलको अतिरिक्त समयमा कुनै गोल नभएपछि नतिजा पेनाल्टी सुटआउटमा भएको हो । पेनाल्टी सुटआउट पनि २–२ को बराबरी भएपनि खेलको नतिजा सडनडेथमा आएको हो ।अब, इङ्ल्यान्डले सेमिफाइनलमा इटालीसँग २२ जुलाईमा खेल्नेछ । आजै हुने क्वार्टरफाइनलमा अर्काे खेलमा स्पेन र स्विजरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।