काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिकाे दाेस्राे दिनकाे बैठक सुरू भएकाे छ।च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक सुरू भएकाे हाे ।हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथी छलफल जारी रहेको छ ।
हिजाेका बैठकमा मधेस, गण्डक, समन्वय समिति अन्तर्गगतका ४९ जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले अहिले धारणा राखिरहेका छन । यस पछि पछि मंगलबार नै बैठक समापन गरिने जनाइएकाे छ। हरेक सदस्यलाइ बाेल्न ३-३ महिनाकाे समय दिइएकाे छ । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।
मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य रूपमा केन्द्रित भइरहेकाे छ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।
भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ, जसका लागि केन्द्रिय समितिकाे रायसहित साे बैठकमा प्रतिबेदन प्रस्तुत गरिनेछ । बैठक समापन पछि मंगलबार नै एमालले घाेषणा पत्र जारी गर्ने पनि जनाएकाे छ।




















































































































































