रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

इस्तानाबुल । रुस र युक्रेनबीच आज अर्थात जुलाई २३ मा नयाँ शान्ति वार्ता हुदैँछ । बुधवार हुन लागेको वार्ता यसअघिका दुई चरणको वार्ता पछि तेस्रो पटक हुन लागेको हो । जसमा उनीहरुको युद्ध अन्त्य गरी शान्ति सम्झौतामा पुग्ने बाटोमा निकै कम प्रगति भएको थियो । टर्की सरकारका प्रवक्ताले वार्ता इस्तानबुलमा हुने बताएका छन् । यो त्यही ठाउँ हो जहाँ यसअघि मे र जुनमा वार्ता भएको थियो तर दुई चरणको यो बार्ता पछि पनि कुनै सफलता हासिल हुन भने सकेको थिएन, सोही क्रममा आज तेस्रो चरणमा बार्ता हुन लागेको हो  ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुनु दबाब दिएका छन, उनको भाषामा ५० दिनको समय भित्र समाधान नखोजिएमा थप प्रतिबन्धको सामाना गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन ।तर, रसियाले शान्ति सम्झौतामा सहमत हुने बारेमा धेरै कम आशा व्यक्त गरेको छ। रुसको यो प्रतिक्रियाको केही घण्टा पछि जेलेन्स्कीले तेस्रो चरणका वार्ता हुन लागेको गत सोमवार घोषणा गरेका थिए ।वार्ताको नयाँ चरणको उनको घोषणा रूसले युक्रेनको राजधानी कीभमा नयाँ आक्रमणहरू सुरु गरे पछि आएको थियो, जसले धेरै आगो निम्त्यायो र भूमिगत हवाई आक्रमण आश्रयहरूलाई क्षति गरेको थियो, जहाँ नागरिकहरूले आश्रय लिइरहेका थिए ।

‘आज मैले युक्रेनी सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभसँग टर्कीमा रुसी पक्षसँगको अर्को बैठकको आदानप्रदान र तयारीबारे छलफल गरेको छु,’ जेलेन्स्कीले सोमबार आफ्नो दैनिक सम्बोधनमा भनेका थिए । उमेरोभले बैठक बुधबार बस्ने बताएको पनि उनले जानकारी दिए । जेलेन्स्कीले गत साताको अन्त्यमा नयाँ वार्ताको प्रस्ताव राखेका थिए तर रुसले तुरुन्तै आफ्नो पक्षबाट नयाँ वार्ताको पुष्टि गरेको छैन ।

सन् २०२२ को फेब्रुअरीमा रुसको हमला पछि त्यहाँ युद्ध चलिरहेको छ। दुई प्रतिद्वन्द्वी राष्ट्रहरू शान्ति सम्झौताका लागि वार्ता गर्न १६ मे र २ जुनमा इस्तानबुलमा नै भेटेका थिए। यसअघि ट्रम्पले पनि सम्झौताका लागि दबाब बढाएका थिए तर कुनै सफलता हात लागिरहेको छैन ।

 

अहिलेसम्मको वार्तामा युक्रेन र रुसले कैदी आदानप्रदानमा मात्रै सहमति जनाएका छन् । त्यसयता रुसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ र थप सीमा क्षेत्र कब्जा गरेको छ। खासमा, रूसले युक्रेनलाई क्रिमियाको थप चार प्रमुख क्षेत्रहरू छोड्न माग गरेको छ, जसलाई रूसले २०१४ मा गाभेको थियो र रूसले युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल हुने कुनै पनि विचार त्याग्न पनि जोड दिएको छ। यद्यपि, युक्रेनले भने रूसको सो माग अस्वीकार गरिररहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९