काठमाडौं । नेकपा एमालले पत्रकार सम्मेलन गर्दैछ ।नेकपा एमाले केन्द्रीय कमिटीको नवौै बैठक सम्पन्न भए पछि एमालले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । ‘बैठकले गरेका महत्वपूर्ण निर्णय र विधान महाधिवेशनको तयारीबारे जानकारी गराउनका साथै समसामयिक विषयमा आज दिउँसो ठीक २ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको’ एमालेले जनाएको छ ।
वालिङ (स्याङ्जा), यहाँको भिरकोट नगरपालिकाले फोहरमैला व्यवस्थापन र उद्यानबाट आम्दानी गर्दै आएको छ । भिरकोट-४ सिसौँघारीस्थित आँधीखोलाको किनारमा सरसफाइ केन्द्र तथा उद्यान निर्माण गरेर आम्दानीसँग जोडिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सञ्चालनमा ल्याएको सरसफाइ केन्द्रमा सङ्कलन भएका कुहिने, नकुहिने तथा सिसाजन्य फोहरमैलाको...



























































































































































