काठमाडौं । नेकपा एमालले पत्रकार सम्मेलन गर्दैछ ।नेकपा एमाले केन्द्रीय कमिटीको नवौै बैठक सम्पन्न भए पछि एमालले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । ‘बैठकले गरेका महत्वपूर्ण निर्णय र विधान महाधिवेशनको तयारीबारे जानकारी गराउनका साथै समसामयिक विषयमा आज दिउँसो ठीक २ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको’ एमालेले जनाएको छ ।
बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्। वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...




















































































































































