काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले राजिनामा दिएका छन् । अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।
काठमाडौँ, चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ । प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ,...

























































































































































