काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ ।आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् ।प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे ।
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...




















































































































































