जबज पारिवारिक सम्पत्ति होइन्, ब्यक्तिगत महत्वकांक्षाकाे बिषय बन्नु हुन्नः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका अगुवा कार्यकर्तासँगको भेट गरी लामो छलफल गरेका छन् । भएको छ । भेटका क्रममा पार्टी फुटाउने प्रवृत्ति, संगठन विरुद्ध भ्रम फैलाउने गतिविधि र आन्दोलन विरोधीलाई सहयोग गर्ने प्रयासका विरुद्ध कठोर हुने बताए । उनले विगतदेखि वर्तमानसम्मका अनुभवहरू कार्यकर्तालाई सुनाउँदै पार्टीलाई अझ सुदृढ बनाउन सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

भेटमा ओलीले २०५४ मा तत्कालीन नेता बामदेव गौतमले पार्टी फुटाएको घटनाले एमालेलाई गम्भीर सङ्कटमा पुर्‍याएको स्मरण गराउँदै भने,  ‘त्यो समयमा हाम्रो पार्टी दुईतिहाइ मत ल्याउने अवस्थामा थियो, तर बामदेवले पार्टी फुटाए, त्यसपछि एकले अर्कालाई निष्कासन गर्दै अघि बढ्नुपर्‍यो र अहिलेको पार्टी निर्माण भयो, यो आजसम्मको यात्रामा हामीलाई धेरै संघर्ष गर्नुपर्‍यो, परिणामस्वरूप एमाले अझ बलियो बनेको छ ।’

 

 

अहिले पनि कतिपय व्यक्तिहरू पार्टीभित्रै वा पार्टीसँग सम्बन्धित भएर विभिन्न असम्भव क्रियाकलाप गरिरहेको ओलीले बताए । विशेषतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि लक्षित गर्दै उनले भने, ‘पूर्वराष्ट्रपति भएको व्यक्तिले असभ्य गतिविधि गर्नुहुँदैन, भएको छ, यसरी पार्टीविरुद्ध सक्रिय हुने प्रवृत्ति दीर्घकालमा हानिकारक हुन्छ ।’ओलीले सदस्यता विवादसम्बन्धी उठेका प्रश्नलाई पनि सम्बोधन गर्ने जनाए ।  ‘च्यासलले सदस्यता खायो भन्ने हल्ला छ, तर सदस्यता खाएको होइन, पार्टीमा निवेदन दिइएको छैन, प्रक्रिया मिलेको छैन, सदस्यता नवीकरण पनि व्यक्तिगत इच्छाले हुने होइन, पार्टीको निर्णयले मात्र हुन्छ ।’

 

उनले बालुवाटारको प्रसङ्ग उठाउँदै भने,  ‘बालुवाटार बोलाएको आउनु भएन, पार्टी कार्यालयमै भेट भयो ।’  राजनीतिमा मर्यादा कायम राख्नुपर्ने कुरामा जोड दिँदै ओलीले पूर्वराष्ट्रपतिलाई लक्षित गर्दै थप भने,  ‘राजनीतिमा आउनु हुँदैन भन्ने कुरा संविधानले पनि भन्छ, पूर्वराष्ट्रपतिले प्रोटोकल हेरेर मात्र प्रतिष्ठा बनाउन खोज्नु हुँदैन, उहाँलाई मैले सम्मान गरेको छु, तर पार्टीविरुद्ध भेला गरेर हिँड्नु असभ्य काम हो, यसरी असभ्य गतिविधि गर्ने परिपाटीले पार्टीलाई मात्र होइन, देशलाई पनि नोक्सानी गर्छ ।’

 

 

ओलीले विद्यादेवी भण्डारीसँग जोडिएका विवाद र जबज विचारप्रति उठेका प्रश्नको स्पष्ट जवाफ दिदै भने,  ‘जबज परिवारको सम्पत्ति होइन, जबजलाई कुनै व्यक्तिले आफ्नो सम्पत्ति भनेर प्रस्तुत गर्न मिल्दैन, जबज इतिहास हो, नीति हो, यसलाई फाउण्डेशनले मात्र बचाउँछ भन्ने सोच गलत हो, जबजलाई पार्टीले, आन्दोलनले बचाउँछ ।’

 

उनले पुर्वराष्ट्रपति देशको अभिभावक भएकोले सबैले सम्मान गर्नु पर्ने बताए । ‘उहाँलाई सम्मान गर्नुपर्छ तर नउचालौँ, आन्दोलन बचाउनु पर्छ, व्यक्ति ठुलो होइन, पार्टी पक्षमा नभएका व्यक्तिहरूलाई भेला गरेर हिँड्नु र आन्दोलनलाई कमजोर पार्नु गलत हो ।’भेटमा ओलीले पछिल्लो समयमा आफूमाथि गरिएको व्यक्तिगत आक्षेपबारे पनि असन्तोष पोखेका छन् । उनले भने,  ‘चक्रपथमा मलाई जथाभाबी लेखाउने काम भयो।’

 

ईश्वर पोखरेलजस्ता नेतासमेत बाटो बिराएर हिँडेका भन्दै उनले असन्तुष्टि व्यक्त गरे । कर्ण थापाले विधानबारे गलत कुरा गरेको पनि उनले बताए । पत्रकारले सदस्यता दिने झैँ गरी हल्ला फैलाइएको भन्दै उनले आपत्ति जनाए । ‘यसरी पार्टीलाई कमजोर बनाउन खोज्ने काम सह्यै हुँदैन’, उनले स्पष्ट शब्दमा भने  ।

 

आलीले आफ्नो राजनीतिक यात्रामा सहयोग गरेका व्यक्तिहरूको प्रसङ्गसमेत स्मरण गरे । उनले आफू एक्लै अहिलेको ठाउँमा नआइपुगेको बताए ।
‘मैले धेरै संघर्ष गरेर आजको नेतृत्व सम्हालेको हुँ, म एक्लो होइन, मदन भण्डारीसँग सहकार्यमै थिएँ, आन्दोलनलाई पार्टीले अगाडि बढाएको हो, तर कतिपयले यो देख्दैनन्, बरु विरोधीलाई सहयोग गर्छन्,’ उनले भने ।

 

ओलीले विद्यादेवी भण्डारीको सम्भावित अध्यक्षताको चर्चा निराधार रहेको बताए ।  ‘लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीकै सम्भावना छैन, उहाँलाई अध्यक्ष दिन सकिन्न, मैले उहाँलाई भन्दा बढी सम्मान अरूलाई गरेको छैन होला, उहाँलाई साथ दिँदा म अपमानित हुनुपरेको छ’, ओलीले भने ।

 

राष्ट्रियता विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्दै राष्ट्रयतालाई राजनीतिको विषय बनाउनु नहुने बताए । ओलीले भने, ‘हामी राष्ट्रियताको बारेमा राजनीति गर्दैनौँ, यही हाम्रो पार्टीको विशेषता हो ।’ उनले रवि लामिछानेलाई आफूले राजनीतिक रूपमा उदाएका दिनदेखि साथ दिएको बताउँदै अहिले लामिछाने आफ्नै कर्मले जेले पुगेका उनले स्पष्ट पारे ।

 

राजेन्द्र लिङ्देनलाई झापामा जिताउन एमालेले सहयोग गरेको उदाहरण दिँदै उनले अन्य दलहरूसँगको व्यवहारिक सम्बन्धबारे कार्यकर्तालाई स्मरणसमेत गरेका छन् । उनले लिङ्देनलाई अब झापामा चुनाव जितेर देखाउन पनि चुनौती दिए ।जबज विचारलाई व्यक्तिगत वा पारिवारिक सम्पत्ति नठान्न ओलीले आग्रह गर्नुभयो । ‘जबज परिवारको सम्पत्ति होइन, सामूहिक आन्दोलनको विचार हो, जबजलाई व्यक्तिगत महत्त्वाकाङ्क्षा र फाउण्डेशनमा मात्र सीमित पार्न खोज्नु गलत हो, जबजलाई पार्टीले, आन्दोलनले बचाउँछ, इतिहासमा यसले आफ्नो स्थान पाउनेछ’, उनले भने ।

 

उनले आउँदो विधान अधिवेशनलाई  ‘एकताको अधिवेशन’ हुने दाबी पनि गरे  । ‘एक दिन दस्ताबेज प्रस्तुत गर्ने, अर्को दिन छलफल गर्ने र अन्तिम दिन समापन गर्ने गरी विधान अधिवेशन सम्पन्न हुन्छ, यदि यसरी एकता सम्भव भएन भने महाधिवेशनमा हिसाब किताब गरिन्छ, विधान अधिवेशनमा कुनै प्रकारको विभाजन होइन, एकताको बाटो रोजिनुपर्छ’, उनले भने ।

 

ओलीले कार्यकाल र उमेरबारे उठेका प्रश्नलाई पनि सम्बोधन गरेका छन ।  ‘साथीहरूको आम चाहना र समयको मागलाई हेर्दा ७० वर्ष वा कार्यकाल सीमाबारे अहिले कुनै आवश्यकता छैन, जबसम्म पार्टीलाई नेतृत्व आवश्यक छ र कार्यकर्ताले विश्वास गर्छन्, तबसम्म म जिम्मेवारीबाट पछि हट्दिन,’ उनले भने ।

 

भेटमा ओलीले आफ्ना राजनीतिक अनुभव र भविष्यप्रतिको दृष्टिकोण पनि प्रस्तुत पारेका थिए । उनले भने,  ‘म सपनामा छु कि जस्तै लाग्छ, संघर्षको लामो यात्राबाट हामी यहाँ पुगेका छौँ, आ–आफ्नो योग्यता र योगदानका कारण हामीले आजको पार्टी निर्माण गरेका छौँ, मेरो भन्दा पनि मदन भण्डारीको योगदान ठुलो थियो, तर म उहाँसँग सहकार्यमै थिएँ, त्यसैले आन्दोलन र संगठन हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो ।’

 

ओलीले व्यक्ति होइन, आन्दोलन ठुलो भएको स्पष्ट पारे । ‘आन्दोलनलाई कमजोर बनाउन खोज्नेहरूलाई पार्टीले कहिल्यै स्वीकार गर्दैन, सहिबिचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यो इतिहासकै रूपमा आउँछ, एमालेलाई कमजोर बनाउन खोज्नेहरू सफल हुने छैनन्, विधान अधिवेशन हाम्रो एकताको अधिवेशन हुनेछ, नत्र महाधिवेशनमा हिसाबकिताब हुनेछ, पार्टीप्रति आम कार्यकर्ताको चाहना यही हो’, उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९