पुनःनिर्माणमा जुटे युवा

झापा, युवाहरू ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा जुटेका छन् । यहाँका एक युवाले मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा पुनःस्थापना गरिदिनुभएको छ । स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा यस्तो कार्य गर्नुभएको हो । प्लाइउड उद्योगी खड्काले रु तीन लाख ५० हजार खर्चेर ट्राफिक कार्यालय पुनःनिर्माण र चारवटा सिसी क्यामेरा जडान गरिदिएको बताउनुभयो । “मुलुक विषम अवस्थाबाट गुज्रिरहेको बेला राज्यलाई सहयोग पुर्‍याउनु हरेक नागरिकको कर्तव्य हो भनेर मैले स्वस्फूर्त सहयोग गरेको हुँ,” उहाँले भन्नुभयो, “देशमा नयाँ परिस्थिति आएको छ । सरकारी सम्पत्ति, प्रशासनिक भवन र प्रहरी कार्यालय ध्वस्त भएका छन् ।

 

यो बेला शान्तिसुरक्षाका लागि मुख्य चोकमा सिसी क्यामेरा आवश्यक हुन्छ भनेर मैले सबै व्यवस्था गरिदिएको हुँ ।” यसैगरी आन्दोलनका क्रममा आगजनी गरिएको मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी र मेचीनगर–७ स्थित ट्राफिक प्रहरी पोस्टको समेत पुनःनिर्माण गर्ने योजना रहेको खड्काले बताउनुभयो । कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित ट्राफिक प्रहरी पोस्ट पनि स्थानीय टेकबहादुर बस्नेतलगायतका युवाले निजी खर्चमा पुनःनिर्माण गरिदिएका छन् ।

 

“आन्दोलनका कारण प्रहरी पोस्ट ध्वस्त भयो, त्यसपछि प्रहरी यहाँबाट विस्थापित हुनुपरेकामा ज्यादै दुःख लागेको छ”, उहाँले भन्नुभयो, “हिजोका दिनमा जे भयो भयो, त्यसलाई बिर्सेर प्रहरीहरू फेरि लक्ष्मीपुरको पोस्टमा बस्न आइदिनुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ । ध्वस्त भएको पोस्टलाई हामी युवाले नै मिलेर पहिलेको जस्तै बनाएका छौँ ।” यहाँका अन्य क्षेत्रमा पनि युवाहरूले शान्तिसुरक्षाका लागि प्रहरीसँग मिलेर काम गर्ने जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

संविधान दिवसमा टेलिकमको ‘अफर’

काठमाडौँ, संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २...

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको थियो । विसं २०४६ को जनआन्दोलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

गलकोट (बागलुङ), राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९