‘संविधानभित्रै लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित छ’

काठमाडौँ । संविधानविद् र अधिकारकर्मीहरुले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा गर्नुपर्ने आजको मुख्य दायित्व रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा राससले राखेको जिज्ञासामा उहाँहरुले यो संविधानको पूर्ण कार्यान्वयनले मुलुक र जनताको उन्नति र प्रगति हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँहरुले वर्तमान संविधानको संशोधन र रक्षाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित रहेकाले संविधान मुलुकका लागि बाधक नभई साधक भएकाले रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो । विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । संविधानका जानकारहरुले संविधानमा समयसापेक्ष संशोधन र सुधार गर्दै रक्षा गर्नुको विकल्प नभएको बताउनुभयो । डा विजय मिश्र अध्यक्ष, नेपाल बार एसोसिएसन संविधानलाई दीर्घ जीवन दिन समय–समयमा संशोधन गरिनुपर्छ ।

संशोधनका लागि इच्छाशक्ति आन्दोलनले पैदा गर्छ । बौद्धिक समाजको भेला र उपस्थितिले पनि संविधानलाई दीर्घ जीवन दिन आवश्यक खुराक प्रदान गर्छ । त्यसैले धेरै जटिल परिस्थितिलाई सामान गर्दै सङ्घर्ष गरेर बनाइएको संविधानलाई समय सुहाउँदो बनाउन संशोधन गरिनुपर्छ । त्यो गरेर सवै नागरिकको इच्छा यसैमार्फत पूरा गर्नुपर्छ । भ्रष्टाचार निर्मूल र सुशासन कायम गरिनुपर्छ । रामनारायण विडारी संविधानविद् नेपालको संविधान वास्तवमा विश्वकै उत्कृष्ट संविधानभित्रै पर्छ । तर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मर्म र भावनाअनुरुप कार्यसम्पादन गरेनन् ।

संविधानको प्रभावकारी कार्यान्वयन नहुँदाको असर जनता निराश भए । अब यो संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्छ । यसमा भएका केही प्रावधानहरु न्यायिक, आर्थिक र राजनीतिकरुपले पनि सशोधन गर्नपर्नेछ । उदाहरणका लागि संवैधानिक परिषद्, न्यायपरिषद्, सवैधानिक इजलास, निर्वाचन प्रणाली, राज्यका संयन्त्रको सुदृढीकरण गर्नुपर्छ ।

राज्यको अनावश्यक खर्च जोगाउनुपर्छ । रोजगारी सृजना गर्नुपर्छ । संविधानलाई दोष नलगाइ समयसापेक्ष संशोधन गरी अघि बढनुपर्छ । त्यसका लागि पहिलो सर्त संविधानको रक्षा नै हो । कनकमणि दीक्षित वरिष्ठ पत्रकार नेपालको भविष्य उज्ज्वल बनाउन वर्तमान संविधानको रक्षा गर्ने प्रत्येक नागरिकको दायित्व हो । अहिले संविधानमा अलि कति धक्का लागेको छ ।

त्यसका बाबजुद अघि बढन सकिन्छ । निर्वाचन तोकिएको समयमा हुनैपर्छ । त्यसमा तलमाथि र बहाना गरिनुहुन्न, अन्यथा इतिहासले माफी दिन्न । लामो समय अस्थिरता भएमा नेपालमा विदेशी हस्तक्षेप बढछ । अहिले पनि संविधानवाद नेपालमा बाचेको छ । निर्वाचनमार्फत नयाँ संसद् गठन हुन्छ । अनि भविष्यको बाटोको यात्रा गर्ने हो ।

मुलुक सबैको खुशियाली र सुखको केन्द्र हुनुपर्छ । टीकाराम भट्टराई वरिष्ठ अधिवक्ता आज संविधान दिवस । यस संविधान दिवसले राखेका उद्देश्य असाध्यै राम्रा छन् । यो संविधानको पूर्ण कार्यान्वयन गर्ने हो भने जनता र देशको उन्नति र प्रगति हुने सम्भावनामा यसैभित्र छ । यद्यपि संविधान कार्यान्वयनमा सन्दर्भमा केही असन्तुष्टि देखिएका छन् ।

संविधानलाई संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा नै सबै नेपाली जनताको भविष्य निहित भएकाले यसको रक्षा गर्नु आजको आवश्यकता हो । संविधानमा समयसापेक्ष संशोधन गरी नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्ने बाटो प्रदान गर्दै राजनीतिकप्रति आकर्षण बनाइएको खण्डमा यो संविधान मुलुकका लागि बाधक होइन, साधक बन्नेमा मलाई पूर्ण विश्वास छ ।

अर्जनुबहादुर कार्की अधिकारकर्मी हामीले हजारौँ मानिसको बलिदानीबाट आजको संविधान प्राप्त गरेको हो । त्यसैले संविधानको भावना र मर्मलाई आत्मसात् गर्नुपर्छ । यसका लागि संविधानमा आवश्यक परिमार्जन र सुधार गर्न सकिन्छ । संविधानलाई सम्मान र पालना गर्न सकिएन भने मुलुक राजनीतिक दुर्घटनातिर उन्मुख हुन्छ । त्यसैले वर्तमान संविधानको रक्षा गरी समसामयिक सुधार गर्दै जानुको विकल्प छैन । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९