राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान

काठमाडौँ ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो । पूर्व राष्ट्रपति डा यादवसँगको कुराकानीको पूर्ण विवरण यस प्रकार छः “आज संविधान दिवस । हामी सबै नेपालीहरुका लागि आजको दिन ऐतिहासिक दिन हो ।

यो संविधान, हामीले दुई–दुईपटक भएको संविधानसभाको निर्वाचनबाट ल्यायौँ । यो संविधानको पृष्ठभूमिबारे मैले सधैँ भन्दै आएको छु, यो नेपाली जनताको ८०÷९० वर्षको आन्दोलन र सङ्घर्षको उपलब्धि हो । यो संविधान संस्थागत रुपमा विभिन्न राजनीतिक पार्टीहरुले २००७, २०४६ साल र २०६२÷६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल हो ।

त्योभन्दा पहिलेदेखि नागरिक स्वतन्त्रता र सर्वोच्चताका लागि नेपाली जनताले एक शताब्दी नै लड्यो । त्यसपछि यो संविधान पाएका हौँ । यो संविधान धेरै कष्ट, बलिदान र ठूलो सङ्घर्षले ल्याएका हौँ । नेपालको सबै शक्तिले यसलाई स्वीकार गर्दै चुनावी प्रक्रियामा भाग लिँदै आएको छ । यो संविधानलाई लागू गर्ने क्रममा केही त्रुटिहरु पनि भएका छन् ।

त्यसलाई समयक्रममा संशोधन गरेर लैजानुपर्छ । वास्तवमा राजनीतिक दलहरु संविधान र लोकतन्त्रका खम्बा हुन् । अहिले नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकाङ्क्षासहित जुन आन्दोलन गर्नुभयो, त्यसले सुन्दर र स्वस्थ्य नेपाल बनाउने, रोजगार, शिक्षा र स्वास्थ्यलगायत सबै राम्रो होस् भन्ने देखिन्छ । उहाँहरुको आन्दोलन सही थियो ।

तर तत्कालीन सरकार र सुरक्षा प्रशासनले त्यसलाई ‘कमान्ड’ गर्न सकेन । युवाहरुले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो । त्यसको जति आलोचना गरे पनि कमै हुन्छ । आन्दोलनको दोस्रो दिन विध्वंशकारी एजेन्टहरु पसे । विध्वंशकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो ।

देशको सार्वजनिक सम्पत्तिलाई ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भयो । यस्तो काम अराजक तत्वले मात्र गर्न सक्छ । राष्ट्रको हित सोच्ने नेपाल आमाका सन्तानले यस्तो जघन्य अपराध गर्न सक्दैन । बदमासी गर्नेलाई कानुनले सजाय दिनुपर्छ । तर यसका नाममा राष्ट्रिय एकता खलबल हुनु हँुदैन । हामी सबै मिलेर अगाडि बढौँ ।

यस आन्दोलनका क्रममा भएका जघन्य अपराधहरुको न्यायिक जाँचबुझ गरेर कानुनसम्मत कारबाही हुनुपर्छ । जहाँसम्म अब कसरी अघि बढ्ने भन्ने कुरा छ, स्वच्छ छवि भएका पूर्वप्रधानन्यायाधीश (न्यायमूर्ति) सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले निकास दिनुभएको छ ।

सोही अनुसार हामीले यही संविधानलाई आधार मानेर आगामी दिनमा राजनीतिक दलहरुले र नयाँ पुस्ताले आफ्नो दल बनाउन पाउँछ । त्यसका लागि सबैले जनताबाट ‘फ्रेस म्यान्डेट’ लिएर आउन पाउँछ । ‘फ्रेस म्यान्डेट’ लिएर आएर यही सदनबाट संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्ने हो, समयसापेक्ष रुपमा संशोधन गरेर अघि बढेर यो संविधानलाई बचाउनुपर्छ ।

वास्तवमा यो संविधान लोकतान्त्रिक र गणतान्त्रिक छ । सङ्घीयता आफैँमा समावेशी छ, यो धर्मनिरपेक्षतासहितको छ । यसलाई कसरी हामीले समयसापेक्ष राष्ट्रको एकतालार्ई मजबुद गर्दै र देशलाई सबै नेपालीको भावनाबमोजिम संविधानसभाबाट ६०१ प्रतिनिधिले भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतासहितको संविधान ल्याएका हुन् ।

यही संविधानमार्फत हामीले अबका दिनमा बाटो कोर्नुपर्छ । अब चुनावभन्दा दायाँबायाँ जानु हुँदैन । लोकतन्त्रमा जनताको अधिकार जनतामा छ । जनता यो देशको मालिक हो । संविधानले सार्वभौमसत्ता, राजकीयसत्ता र शासन सत्ता जनतामा निहित राखेको छ । यसै मार्फत भविष्यको बाटो कोरेर जाऔँ भन्ने देशवासीमा नम्र अनुरोध गर्दछु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९