अधिकारकर्मीको प्रश्नः जेनजी प्रदर्शनमा बालबालिकालाई मानव ढाल त बनाउन खोजिएन ?

काठमाडौँ।    गत भदौ २४ गते दिउँसो करिब १ बजे आसपासमा अमृता (नाम परिवर्तन)लाई फोनमार्फत छोरा विवेक (१७ वर्षे)लाई गण्डकी मेडिकल कलेज अस्पतालमा उपचारका लागि भर्ना गराइएको जानकारी गराइयो । पोखरा महानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा विवेक अनुहारमा अश्रुग्यासको सेल लागेर घाइते भएका थिए । उनलाई प्रदर्शनकारीले उद्धार गरी अस्पताल पु¥याएका थिए । विवेकको अनुहारमा लागेको चोट जटिल प्रकृतिको थियो ।

यद्यपि अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । अस्पतालका नर्सहरूले आमालाई धैर्य राख्न र मनलाई बलियो बनाउन निरन्तर प्रोत्साहन दिइरहेका छन् । वर्षौंअघि श्रीमान्सँग छुट्टिएर बसिरहेकी अमृतामाथि तीन छोराहरूको लालनपालनको जिम्मा छ । स्थानीय बजारमा तरकारी बिक्री गर्दै आएकी उनका लागि यो अप्रत्याशित पीडा थियो । “मैले विवेकजाई प्रदर्शनमा नजान भनेकी थिएँ”, अमृता सम्झिन्छिन्, “तर उसले ‘तर उसले म एक्लै जाने होइन, साथीहरु पनि हुन्छन्, हिजो जे भएको थियो त्यस्तो आज फेरि हुने छैन भन्दै सम्झाएको थियो, तर, अहिले यो दुःखद घटना हुन पुग्यो ।

” सेभ द चिल्ड्रेन र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न नागरिक सङ्घसंस्थासँगको परामर्शमा तयार पारेको ‘नेपालमा जेनजी नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताहरूको द्रुत मूल्याङ्कन प्रतिवेदन’ले यस्तै मार्मिक विवरण र अवस्थालाई बाहिर ल्याएको छ ।

जेनजी समूहले सामाजिक सञ्जाल नियन्त्रण र भ्रष्टाचारविरुद्ध सरकारको जवाफदेहिता तथा पारदर्शिता माग गर्दै गत भदौ २३ मा सडकमा प्रदर्शन सुरु गरेका थिए । शान्तिपूर्ण भनिएको प्रदर्शनमा राज्यको अत्यधिक बल प्रयोगका कारण हिंसात्मक बन्न पुग्यो र सोही दिन १९ जनाको मृत्युसमेत भयो । यस दुःखद घटनाको प्रतिक्रियास्वरूप भोलिपल्ट भदौ २४ गते प्रदर्शनले झन् उग्ररुप लियो । प्रदर्शनमा केहीले घूसपैठ भएको आरोप पनि लगाए । उक्त प्रदर्शनममा हालसम्म मृत्यु हुनेको सङ्ख्या अहिले ७४ पुगिसकेको छ भने करिब दुई हजार घाइते भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेपछि पनि आगजनी र लुटपाटका घटना नरोकिनुले जेनजीलाई कतै केवल मानव ढाल मात्र बनाइएको त थिएन ? भन्ने प्रश्न उक्त प्रतिवेदनमाथिको आजको छलफलमा अधिकारकर्मीले उठाएका छन् । आन्दोलनका विद्यालय पोसाकमा नै बालबालिका र युवा आन्दोलनमा होमिदासमेत यी बालबालिका र किशोरकिशोरी हुन् भन्ने विषयलाई नजरअन्दाज गरी प्रदर्शनका क्रममा बालबालिकाको अधिकारको गम्भीर उल्लङ्घन भएको र त्यसले राजनीतिक आन्दोलनका समयमा देशको बाल संरक्षण प्रणालीका कमजोरी उजागर गरेको प्रतिवेदनले औँल्याएको छ ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका र युवालाई टाउको, छाती र पेटमा गोली हानिएको तथा बालबालिकालाई हिरासतमा लिइएको, यातना दिइएको र अश्रुग्यास प्रहार गरी हानि पु¥याइएको कार्यले नेपालको संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, अन्तरराष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, यातनाविरुद्धको महासन्धि, नेपालको संविधानको धारा, ३९ लगायत बालबालिकासम्बन्धी ऐन–निर्देशिका स्पष्ट रुपमा उल्लङ्घन भएको बताउनुभयो ।

अध्यक्ष पौडेलले आन्दोलनको समग्र प्रभावबारे विस्तृत अध्ययनको खाँचो आँैल्याउनुभयो । प्रतिवेदनले प्रभावित बालबालिका र परिवारको स्वास्थ्य, मनोसामाजिक, सुरक्षा, कानुनी र शैक्षिक क्षेत्रमा तत्काल विभिन्न आवश्यकता सिफारिस गरेको छ । बालबालिकाले सुनाएका कुराहरूले उनीहरूमा गहिरो मानसिक आघात, भविष्यमा हिंसा होला भन्ने डर, निराशा र राज्य संस्थाप्रतिको असन्तोषलाई देखाएको सिजपका महासचिव राजु घिमिरेले बताउनुभयो । “राज्यका सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग गरिएको देखिएको छ ।

यसले बाँच्न पाउने, संरक्षण हुन पाउने अधिकार, अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र स्वेच्छाचारी गिरफ्तारी तथा हिंसाबाट सुरक्षा पाउनेलगायतका आधारभूत मानवअधिकार उल्लङ्घनबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ”, प्रतिवेदनमा भनिएको छ, “यी कार्यहरूले बालबालिकामाथि अत्यन्त गहिरो असर पारेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धिअन्तर्गतका अधिकारहरू– विशेषगरी धारा, १३ मा सुनिश्चित गरिएको अभिव्यक्तिको स्वतन्त्रतालाई अवमूल्यन गरेको छ ।

” आन्दोलनको समयमा देशभरका २९ कारागारमा रहेका १५ हजार ८८३ कैदीमध्ये १२ हजार ४९६ भागेका थिए । अहिलेसम्म केवल एक हजार ६९ फर्किएका छन् भने बाँकी ११ हजार ४७० कैदी अझै पनि फरार अवस्थामा रहँदा यसले सार्वजनिक सुरक्षामा ठूलो जोखिम सिर्जना गरेको र कारागार व्यवस्थापन तथा सुरक्षामा गम्भीर कमजोरी उजागर गरेको प्रतिवेदनमा जनाइएको छ । यस्तै देशभरका ६ बाल सुधारगृहबाट ६१८ बालबालिका फरार भए, जसमा २२९ जना मात्र फर्किएका छन् । ३९८ जना बालबालिका अझै सम्पर्कविहीन भएका छन् ।

यसले बालसुरक्षा, पुनःस्थापना र सुरक्षित वातावरणबारे तत्काल ध्यान दिनुपर्ने देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले आन्दोलन र घटनाबारे आयोगले समग्र मानसिक स्वास्थ्यको चिन्ता बालबालिका र सबैमा भएकाले यसका दीर्घकालीन असरबारे समेत अध्ययन हुनुपर्ने बताउनुभयो ।

उहाँले आन्दोलनमा भएको मानवअधिकार उल्लङ्घनबारे आयोगको समग्र प्रतिवेदन चाँडै सार्वजनिक हुने बताउनुभयो । राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक तारक धितालले बाल संरक्षणविनाको बाल सहभागिता हुन नसक्ने भएकाले सुसूचना, सहभागिता, स्वसंरक्षण र स्वअनुशासनमा ध्यान दिइए बालबालिकाको पढाइ, सीप, आचरण र मानव अधिकारको सम्मानका लागि प्रभावकारी अनुगमन हुनुपर्ने बताउनुभयो ।

परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २३ गतेको घटनामा प्रहरीसँग नभएका गोली प्रहार भएको भन्ने सार्वजनिक अभिव्यक्ति आएकाले बालबालिका र युवालाई कतै मानव ढाल बनाइएको त होइन भन्ने कोणबाट पनि छानबिन हुनुपर्ने धारणा राख्नुभयो । महिला र बालबालिकामाथिको हिंसाविरुद्धको ‘नेसनल एक्सन एन्ड कोअर्डिनेसन ग्रुप’का अध्यक्ष ऋतु भट्ट राईले मुलुकमा सबै गलत छन् भन्ने भाष्य नयाँ पुस्ता परेकामा घरपरिवाभित्र यथार्थ अवस्थाबारे छलफल गर्न र बाल संरक्षण संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

बालबालिबकाको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, शारीरिक र मानसिक स्वास्थ्य, शिक्षा, सुरक्षा र संरक्षणका सवालमा सरकार, नागरिक क्षेत्र र अधिकारकर्मीले गम्भीर भएर सोच्नुपर्ने सुझाव दिँदै छलफलमा सहभागीहरुले बालबालिका र युवाहरूमाथि अत्यधिक बल प्रयोग बन्द गर्न र त्यस्तो गर्नेमाथि निष्पक्ष छनबिन गरी कारबाही गर्न आग्रह गरेका छन् । यस्तै पीडितका लागि चिकित्सा, कानुनी र मनोसामाजिक सहयोगको प्रत्याभूति गर्न, लैङ्गिक हिंसाको उजुरी र सहायता संयन्त्रलाई सुदृढ बनाउन, सञ्चारमाध्यम र समाजिक सञ्जालबाट सचेतना फैलाउन, प्रभावित बालबालिकाका लागि प्रेषण मार्गहरू सुदृढ बनाउन सिफारिस गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९