बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज पनि मुम्बईको मराठा मन्दिर थिएटरमा दैनिक प्रदर्शन भइरहेको छ । त्यहाँ हरेक बिहान ११ः३० बजे दर्शकहरूको उत्साह कहिल्यै घटेको छैन । ६० वर्षीय मोहम्मद शाकिरले मुस्कुराउँदै भन्नुभयो, “मैले यो चलचित्र झन्डै ३० पटक हेरेको छु… अझै पनि हेर्छु ।” केवल ४० रुपैयाँ (करिब ०.४५ अमेरिकी डलर) तिरेर टिकट किन्न आउने उहाँ जस्ता दर्शकहरूले नै यो फिल्मलाई जीवित राखेका छन् ।
शाहरुख खान र काजोल अभिनीत यस चलचित्रले शाहरुखलाई सुपरस्टारको उच्चतामा पुर्‍यायो र आधुनिक हिन्दी रोमान्सको परिभाषा नै परिवर्तन गर्‍यो । सिनेमाघरका प्रमुख मनोज देसाई भन्नुहुन्छ, “हप्तादिनमा प्रायः कलेजका विद्यार्थी र युवा दम्पतीहरू आउँछन्, तर आइतबार त ३० वर्षपछि पनि करिब ५०० दर्शक उपस्थित हुन्छन् ।” मराठा मन्दिरमा निरन्तर प्रदर्शन हुँदै आएको यो फिल्म एक हजार ५०० हप्ताभन्दा बढी समयदेखि चलिरहेको छ । यसले एक समयको सुपरहिट एक्सन–थ्रिलर ‘शोले’ को कीर्तिमानलाई समेत पछि पारिसकेको छ । फिल्मले विदेशमा रहेका दोस्रो पुस्ताका भारतीयहरूको उदार मूल्य र उनीहरूका आमाबाबुको परम्परागत सोचबीचको द्वन्द्वलाई प्रभावशाली रूपमा चित्रण गर्छ । यसको प्रसिद्ध दृश्य—जहाँ नायिका आफ्नो प्रेमीको हात समात्न रेलको छेउमा दौडिन्छिन्—आज पनि दर्शकहरूलाई ‘गुजबम्प्स’ (आङ सिरिङ्ग बनाउने) दिने क्षण बनेको छ । देसाईका शब्दमा, “त्यो दृश्य बुबाले आफ्नी छोरीलाई आफ्नो निर्णय गर्ने स्वतन्त्रता दिएको क्षण हो र त्यही भावनाले हरेकको हृदय छोएको छ ।” केही दर्शकका लागि डिडिएलजे जीवनकै हिस्सा बनिसकेको छ । “एक महिला त २० वर्षदेखि हरेक हप्ता आउँछिन्”, देसाईले हाँस्दै भन्नुभयो, “हामी उनलाई कुनै विशेष सुविधा दिँदैनौँ—उनी टिकटको मूल्य तिर्छिन् ।
यस्तो समर्पित संरक्षक कहाँ भेटिन्छ ?” नयाँ पुस्ता पनि यस फिल्मप्रति समान आकर्षित छ । “आजको पुस्तामा सम्बन्ध प्रायः लेनदेनमा सीमित छन्, तर यस फिल्ममा नायकले बिना कुनै अपेक्षा प्रेमका लागि सबै सीमाहरू पार गर्छ”, फिल्म रिलिज हुँदा नजन्मिएका २३ वर्षीय ओमकार सराफ भन्नुहुन्छ, “टेलिभिजन वा मोबाइलमा भन्दा ठूलो पर्दामा हेर्दा यो फिल्म अझै गुदगुदी दिन्छ ।” फिल्मले केहीका वास्तविक प्रेमकथामा पनि छाप छोडेको छ । “एक दम्पतीले डेटिङका क्रममा यो चलचित्र हेरेका थिए र पछि आफ्नो विवाहमा मलाई निम्त्याए”, देसाईले भन्नुभयो, “उनीहरू हनिमुनका लागि विदेश गएका थिए—र फर्केर फेरि यही फिल्म हेरे ।” सन् २०१५ मा मराठा मन्दिरमा यसको प्रदर्शन बन्द गर्न खोजिएको थियो तर दर्शकहरूको विरोध र भावनात्मक आग्रहपछि त्यो योजना रोकिएको थियो । थिएटर आज पनि पुरानै आकर्षणसहित विद्यमान छ—भापमा पाकेको चिया, तात्तातो समोसा र पुरानो शैलीका टिकट काउन्टरले दर्शकलाई पुरानो मुम्बईको स्वाद दिलाउँछ । बम्बई सेन्ट्रल स्टेशन नजिकैको यसको स्थानका कारण यात्रुहरूले पनि प्रस्थान अघि फिल्म हेर्ने परम्परा कायम राखेका छन् ।
स्पेनकी पर्यटक केली फर्नान्डिजले भन्नुभयो, “भाषा बुझेनौँ, तर सङ्गीत, नृत्य र वेशभूषाले मन छुन पुग्यो । यो रोमियो एन्ड जुलियट जस्तै हो, तर सुखद अन्त्यसहित ।” फिल्म समीक्षक भारद्वाज रङ्गनका अनुसार डिडिएलजे भारतको सांस्कृतिक यात्राको प्रतीक हो—जहाँ नयाँ र पुराना मूल्यहरूबीचको द्वन्द्वलाई यसले कुशलतापूर्वक समेटेको छ । “यो चलचित्र केवल मनोरञ्जन होइन, भारतको सांस्कृतिक स्मारक बनेको छ”, उहाँले भन्नुभयो, “मलाई विश्वास छ—यो फिल्म सायद सदाका लागि पर्दामा चलिरहनेछ ।” तीस वर्षपछि पनि डिडिएलजे केवल एउटा चलचित्र होइन—प्रेम, स्मृति र भारतीय पहिचानको जीउँदो प्रतीक बनेको छ, जसले बलिउडको रोमान्सलाई अझ बलियो बनाउँदै लगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९