तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

धरान (सुनसरी) । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “बिहान र साँझ उपभोक्त बढी आउछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन् ।
अहिले दैनिक रु १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।” अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ । धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन् । मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ । दैनिक रु २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन् । तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ ।
किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ । दसैँपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ । बत्ती व्यापारी निरज कोइरालाले भन्नुभयो, “पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएको छ । आधुनिक झिलिमिली बत्तीको माग बढी हुने भएकाले अहिले बिक्री बढी हुन्छ छ ।” बजारमा अहिले बिजुली (इलेक्ट्रिक) पसलदेखि विभिन्न खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ ।
अन्य चाडपर्व र बिहेको याममा कम मात्र बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । धरानको मुख्य बजार, भानुचोक, सब्जी मन्दिर पुरानो बजारलगायत ठाउँमा बत्ती, फूल मालालगायत सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । व्यापारीले तिहार आउन केही महिनाअघिदेखि झिलिमिली बत्ती बिक्री गर्नका लागि सामान ल्याइसकेका कोइरालाले बताउनुभयो । तिहार सुरु भएसँगै बजार सक्रिय भएको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गर्दा मनग्य आम्दानी जुटाउने अवसर पाएका सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले तिहारमा विशेष गरी सडकका पेटी र गल्लीमा पसल सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती भीड र सडक व्यवस्थापन हो । कहिलेकाहीँ भीडले पसल वरिपरि आवागमन कठिन बनाउँछ । यस्तो समयमा सङ्घले प्रशासनसँग मिलेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेका छौँ, जसले व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नसक्ने अवसर पनि पाउँछन् ।” सडकमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरेर ग्राहक र व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको उहाँले बताउनुभयो ।
बजार प्रचार, व्यवसाय वृद्धि तालिम र सहुलियतपूर्ण सहयोग कार्यक्रममार्फत व्यापार अवसर बढाउन र ग्राहकलाई सुविधा दिन सङ्घ सक्रिय रहेको उहाँको भनाइ छ । तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन् । यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ । “ग्राहकको भीड बढ्दै गर्दा व्यापारीको उत्साह पनि बढ्छ र आफ्नो आम्दानी जुटाउन सकिरहेका छन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नेप्से परिसूचक ३२ अङ्कले घट्यो, साढे २१ अर्बको कारोबार

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो ।आज ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई करोड पाँच...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद

काठमाडौँ,  प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए । प्रहरीले उक्त...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९