अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ ।

मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए । ५५ वर्षीय राष्ट्रपति मिलेईले ब्युेस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौँ — आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ ।” उहाँले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेईलाई बधाई दिँदै उहाँलाई ‘अद्भुत काम गरिरहनुभएको छ’ भनेर प्रशंसा गर्नुभयो । आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एक तिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो । मिलेईले आफ्नो दलले प्रतिनिधिसभामा सिट सङ्ख्या ३७ बाट बढाएर १०१ र सिनेटमा छ बाट बढाएर २० पुर्‍याएको बताउनुभयो ।

दोस्रो विश्वयुद्धपछि देशको राजनीतिमा बारम्बार सत्तामा पुगेको मध्य–वामपन्थी पेरोनिस्ट आन्दोलन यस पटक ३१.६४ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । विपक्षीहरूलाई मिलेईले भन्नुभयो, “धेरै अर्जेन्टिनीहरू पछाडि फर्कन होइन, अगाडि बढ्न चाहन्छन् ।” दुई वर्षअघि सत्तामा पुग्नुभएका मिलेईका लागि यो निर्वाचन उहाँको आर्थिक सुधार कार्यक्रमप्रतिको जनसमर्थनको पहिलो राष्ट्रिय परीक्षा थियो । उहाँले लामो समयदेखि सङ्कटमा परेको अर्जेन्टिनाको अर्थतन्त्रलाई ठूलो र पीडादायी सुधारमार्फत पुनर्जीवित गर्ने वाचा गर्नुभएको थियो ।

तर मतदाताले मतदान गर्नुअघि देशको मुद्रा पेसोमाथि दबाब बढेको थियो । यो अवस्थालाई सामना गर्न राष्ट्रपति ट्रम्पको सहयोगमा ४० अर्ब डलर बराबरको अमेरिकी वित्तीय सहायता प्याकेज अर्जेन्टिनाले प्राप्त गरेको थियो । वासिङ्टनले सहयोगसँगै चेतावनी दिएको थियो—यदि मिलेईको सुधार कार्यक्रम कमजोर भयो भने सहायता सीमित हुन सक्नेछ । ट्रम्पले सोमबार सञ्चारमाध्यमसँग भन्नुभयो, “राष्ट्रपति मिलेईप्रतिको हाम्रो विश्वास अर्जेन्टिनाका जनताले उचित ठहराएका छन् ।”

ब्युनस आयर्समा एलएलएको विजय समारोहमा सयौँ समर्थकहरू नाचगान, आलिङ्गन र आँसुका साथ उत्सवमा सहभागी भएका थिए । “म अत्यन्तै उत्साहित छु, यति ठूलो समर्थनको अपेक्षा गरेको थिइनँ”, ३८ वर्षीय मार्केटिङ सल्लाहकार फाकुन्डो क्याम्पोसले भन्नुभयो, “यो खुसी अर्जेन्टिनाले जितेको अन्तिम विश्वकपको गोल जस्तै छ ।” ४५ वर्षीया स्वास्थ्य अधिकारी मारिया जिसस गलानले भन्नुभयो, “मिलेईको सरकारले केही सुधारका ठाउँ राखे पनि यसको ठूलो सम्भावना छ ।”

यद्यपि चुनावअघि केही मतदाताले राष्ट्रपति मिलेईप्रति निराशा व्यक्त गरेका थिए । उहाँका नजिकका केही सल्लाहकारहरू भ्रष्टाचार घोटालामा मुछिएका थिए । तर धेरै मतदाताले पेरोनिस्ट आन्दोलनबाट टाढा रहन नै आफ्नो समर्थनको मुख्य कारण बताए । यस निर्वाचनमा ६७.९ प्रतिशत मत खसेको छ । यो पछिल्ला चार दशकमा सबैभन्दा न्यून हो । यसले जनताको सम्पूर्ण राजनीतिक वर्गप्रतिको असन्तुष्टि झल्काएको विश्लेषकहरूले बताएका छन् ।

सबैभन्दा अप्रत्याशित नतिजा ब्युनस आयर्स प्रान्तमा आएको छ । यहाँ अघिल्लो महिनाको स्थानीय निर्वाचनमा पेरोनिस्टहरूले जितेका थिए । तर यसपटक एलएलएले बलियो पुनरागमन गरेको छ । “मिलेईको पार्टीलाई समर्थन गर्नु मेरो लागि उत्कृष्ट विकल्प होइन, तर म कसलाई अस्वीकार गर्न चाहन्छु भन्ने स्पष्ट छ”, ब्युनोस आयर्सकी ६९ वर्षीया पेन्सनभोगी एड्रियाना कोटोनियोले भन्नुभयो ।

पूर्व टेलिभिजन विश्लेषक रहनुभएका मिलेईले पदभार सम्हाल्ने बित्तिकै दशौँ हजार सार्वजनिक क्षेत्रका रोजगारी कटौती गर्नुभयो, सार्वजनिक निर्माण योजनाहरू रोक्नुभयो, स्वास्थ्य, शिक्षा र पेन्सन खर्च घटाउनुभयो र देशव्यापी नियन्त्रणमुक्त सुधार अभियान अघि बढाउनुभयो । आरम्भमा यी सुधारहरूका कारण लाखौँ नागरिक गरिबीमा धकेलिएको आरोप लागेको थियो तर मुद्रास्फीति दुई तिहाइले घटेपछि धेरैले राहत महसुस गर्न थालेका छन् । तथापि, आर्थिक वृद्धि सुस्त रहँदा उपभोग र उत्पादन मूल्यहरूमा सुधार देखिएको छैन ।

गत महिना लगानीकर्ताहरूले अर्जेन्टिनाको पेसो बेच्न थालेपछि अमेरिकी प्रशासनले बजारमा हस्तक्षेप गर्दै मुद्रा सन्तुलन कायम गर्न सहयोग पु¥याएको थियो । चुनावअघि, सरकारले पेसोको अवमूल्यन हुने आशङ्का चर्किएको थियो, तर अर्थमन्त्री लुइस क्यापुटोले मतदानको पूर्वसन्ध्यामा ती अड्कलबाजी अस्वीकार गर्दै भन्नुभयो, “सोमबार अर्को साधारण दिन मात्र हुनेछ । आर्थिक कार्यक्रम वा विनिमय दर प्रणालीमा कुनै परिवर्तन हुने छैन ।” अप्रिलमा तय गरिएको पेसो–डलर विनिमय दर ब्यान्ड यथावत् राख्ने सरकारको निर्णयले लगानीकर्तालाई केही स्थायित्वको सन्देश दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९