विचार: बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा

काठमाडौँ, दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई–मधेसमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ । यो पर्व कात्तिक महिनाको द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । द्वितीया तिथिका दिन दिदी­बहिनीले यो पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन छ ।

 

 

पूर्वी तराई र मधेस प्रदेशको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । छठ पर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छानुसारका रङ्गहरू प्रयोग गरी सामालाई सिंगारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाई सकिन्छ । तराई भेगमा घरघरमा माटोको मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।

 

 

यो पर्व बालिकाहरूको भए पनि युवती र प्रौढहरू उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । छठ पर्वको खरना वा पारणदेखि तराईका महिलाले माटोको आकृति बनाई राति एउटा ढक्कीमा राखी दीप बालेर घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् । यो पर्वमा ‘सामा’ स्त्री पात्र अर्थात् दिदीबहिनी र ‘चकेवा’ पुरूष पात्र अर्थात् दाजुभाइलाई बुझाउँछन् । दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । यसमा सामा चकेवालगायत चुगला वा चुक्ली (कुरौटे), ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र बृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।

 

 

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ÷टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैँ सुमधुर बनाइराख्न चुक्ली (कुरौटे) लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’को जुँगा ढडाउने गरिन्छ । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्बादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यतिबेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्बाद बोल्छन् ।

 

 

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हातदश पोखरी खुनाइ दिय,
चम्पा फूल लगाइ दिय
सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनिदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा–चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको लागि दिदीबहिनीले दीर्घायुको कामना गर्छन् । राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मित डालोमा सामा (बहिनी), चकेवा (भाइ), चुगला (कुरौटे), बृदावन (झगडिया) र सात भाइको माटाको मूर्ति बनाएर त्यसमा दियो बालि समूहमा घरको आँगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरुले सुरिलो स्वर घन्काउँछन् ः

 

गंगा रे जमुनवा कि हो चिकन माटी,
आरे कोरी दिए सवके ।
भैया गंगा वैसि, माटी बनाए दिए सबके
मौजी, सामा जोर चकेवा हेर,
खेलल लागल सवको बहिनो ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली लगाउने, षड्यन्त्र गर्ने प्रवृत्तिका मानिसजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् ः

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी ।

यो गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मूर्तिहरु माथि छर्किदिन्छन् । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो पर्वमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै नौ दिनसम्म चुगला (कुरौटे) र बृन्दावन (झगडिया) लाई गीत गाउँदै जलाइन्छ । दिदीबहिनीले दाजुभाइलाई आशिष दिँदै यस्तो गीत गाउँछन् ः

‘जीव जीव’ जीव की मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

अर्थात, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् । जब चुगलाको बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट)मा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् ः

‘धान–धान–धान, भइया कोठी धान
चुगला कोठी भुस्सा ।’

यो गीतमा प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । बृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ ः

‘वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि–दौडि मिझाबे हे ।’

यस पर्वमा दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामनाका साथै मार्मिक, मनोरञ्जक एवं मर्मस्पर्शी गीति गाउँछन् ः

कानि खिजि चिठिया लिखौलनि
फलाँ बहिनो भैजौलनि हजामका हाथ
चिठिया दिहन्हि हो भैया, फलाँ भैयाके हाथ
भेला घोडा पर सवार
बाबाक सम्पतिया हो भैया
भतिजबा के ओ आस
हम परदेशिन हो भैया
सिन्दुरवा केर हो आस ।

यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन् । भाइ पत्र पाउनेबित्तिकै घोडामा सवार भई सिन्दुर र टिकुलीसहित बहिनी कहाँ आउँछन् । बहिनीले मसँग धनसम्पति पर्याप्त छ, मलाई तपाईसँग मेरो सिन्दुरको रक्षाको आशामात्र छ भनी उल्लेख गर्नुले भाइबहिनीको शाश्वत प्रेमलाई दर्साउँछ । मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा–चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा हो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ ः

‘सामचको, सामचको अइह हे
जोतल खेतमे बइसिह हे ।’

पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन छ । परम्पराअनुसार अन्तिम गीत गाइसकेपछि सामा चकेवा र सात भाइलाई भसाइन्छ भने चुगला र बृन्दावनलाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ । यो विधि सकेपछि त्यहीँ सबै दिदीबहिनीहरुले आ–आफना दाजुभाइलाई पठाएको मिठो परिकार खुवाई घर फर्कन्छन् । सामा चकेवा पर्वले दिदीबहिनी र दाजुभाइबीचको स्नेहपूर्ण वातावरणको अनुभूति दिन्छ ः

आबह सामा, आबह चकेवा हे अपन देश
भाइ मोर हे आशीष दैह
जीबह भाइ लाख बरीस
हमर सामा हे कार्तिक मास ।

पूर्वी तराई र मधेस प्रदेशका दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा पर्व

तराई मधेसमा सामा चकेवाको प्रचलन प्राचीनकालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्म पुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना छ ।

 

पुराणमा श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरू लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीको रूपमा बृन्दावनमा बस्न थाल्छन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन बृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले बृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला बृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्बाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि ‘सामा–चकेवा’को पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।

 

स्कन्द पुराणमा पनि सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ । यसअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्ण कहाँ गई चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ शाम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कात्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । यता चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको बृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भएको आख्यान रहेको छ ।

 

द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मधेस प्रदेशमा मात्र होइन, नेपालका पूर्वी तराईका भेगका थारु जनजातिले पनि हर्षाेल्लास र विशेष उत्साहका साथ मनाउने गर्दछन् । हरेक वर्ष छठ पर्वको एक दिन अघिदेखि पूर्णिमासम्म नियमित नौ दिन दाजुभाइ हुने र नहुने दिदीबहिनीहरुले आफ्ना दाजुभाइको लामो आयु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवा भसाउने (विसर्जन) गरेपछि यो लोकपर्वको समापन गरिन्छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद रहेको यो पर्वमा पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९