भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर,भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गर्नुभएको छ ।दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ ।

सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै भारतसँगको सम्बन्ध ‘पहिला कहिल्यै यति बलियो नभएको’ उल्लेख गर्नुभयो।  उहाँले उक्त सम्झौतालाई ‘क्षेत्रीय स्थिरता र प्रतिरोधका लागि आधारशिला’ भन्दै दुवै देशबीचको रक्षा साझेदारीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

हेगसेथका अनुसार नयाँ रक्षा ढाँचाले समन्वय, सूचना आदानप्रदान र प्रविधिक सहयोगलाई अझ विस्तार गर्नेछ । उहाँले भन्नुभयो, “हामीले हाम्रो सहकार्य, सूचनात्मक साझेदारी र प्राविधिक तालमेललाई नयाँ स्तरमा पुर्‍याउँदैछौँ । भारतसँगको हाम्रो रक्षा सम्बन्ध अब सबैभन्दा बलियो चरणमा पुगेको छ ।”

भारतीय रक्षामन्त्री सिंहले पनि उक्त भेटवार्तालाई ‘फलदायी’ भन्दै १० वर्षे सम्झौता ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले एक्समा लेख्नुभयो, “मलेसियामा अमेरिकी समकक्षी पीट हेगसेथसँग फलदायी भेटवार्ता सम्पन्न भयो । हामीले ‘फ्रेमवर्क फर द युएस–इन्डिया मेजर डिफेन्स पार्टनरसिप’ नामक १० वर्षे सम्झौतामा हस्ताक्षर गर्‍यौँ, जसले हाम्रो बलियो साझेदारीमा नयाँ युगको सुरुआत गर्नेछ ।”

रक्षामन्त्री सिंहले यो ढाँचाले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण दायरालाई स्पष्ट नीतिगत दिशा प्रदान गर्ने बताउनुभयो । उहाँका शब्दमा, “यो हाम्रो बढ्दो रणनीतिक अभिसरणको प्रतीक हो र साझेदारीको नयाँ दशकको सुरुआत हो । रक्षा क्षेत्र हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भका रूपमा रहिरहनेछ, जसले स्वतन्त्र, खुला र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ ।”

क्वालालम्पुरमा आयोजित आसियान–भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको अवसरमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । आगामी नोभेम्बर १ मा हुने आसियान रक्षा मन्त्रीहरूको बैठक (एडिएमएम प्लस) अघि यो अनौपचारिक भेट आयोजना गरिएको थियो ।

रक्षामन्त्री सिंहले भ्रमण अघि नै आसियान–भारत बैठकको उद्देश्य आसियान सदस्य राष्ट्रहरू र भारतबीचको रक्षा तथा सुरक्षा सहयोगलाई सुदृढ पार्नु र भारतको ‘एक्ट इस्ट नीति’लाई थप अघि बढाउनु हो भन्नुभएको थियो ।दुई देशका उच्च अधिकारीबीचको यो भेटवार्ताले भारत–अमेरिका रक्षा सहयोगको निरन्तर गतिलाई झल्काउँछ र इन्डो–प्यासिफिक क्षेत्रमा क्षेत्रीय स्थिरता, शान्ति र रणनीतिक सहकार्यका लागि दुवै राष्ट्रको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौँ, नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ ।   कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको...

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती,  वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ ।चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा), एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ,  यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।   चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९