पाटन (ललितपुर), नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ ।पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी हुनुहुन्छ ।
आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियोे ।राष्ट्रिय समाचार समिति (रासस)
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































