न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

न्युयोर्क,अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नुभएको छ । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

व्यापारिक अभिजात वर्ग, रूढिवादी मिडिया र ट्रम्प आफैँले पनि उहाँको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आउनुभएको थियो । तथापि, ती सबै आलोचनाबीच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ ।

“यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही सहर हो — जसले उहाँलाई जन्म दियो”, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ ।”

भर्जिनिया र न्युजर्सीमा डेमोक्रेटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ । यसैबीच, क्यालिफोर्नियामा मतदाताहरूले ट्रम्प समर्थित जेरीम्यान्डरिङ्ग (निरन्तर निर्वाचन क्षेत्र पुनःसंरचना) रोक्ने प्रस्ताव पारित गर्दै चुनावी निष्पक्षतामा जोड दिएका छन् ।

अर्कोतर्फ, ट्रम्पले भने परिणामको जिम्मेवारी लिन अस्वीकार गर्दै आफ्नै ‘ट्रुथ सोसल’ प्लेटफर्ममा अज्ञात पोलस्टरहरू उद्धृत गर्दै रिपब्लिकन पराजयको कारण सरकार बन्द हुनु र मतपत्रमा आफ्नो नाम नहुनु रहेको दाबी गर्नुभएको छ ।सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले ‘डेमोक्रेटहरूले डोनाल्ड ट्रम्प र उहाँका चरमपन्थी सहयोगीहरूलाई देशभर परास्त गरिरहेका छन्’ भनी एक्समा लेख्दै पार्टीको पुनरुत्थान भएको घोषणा गर्नुभयो ।

न्युयोर्कको क्विन्स जिल्लाका सांसदसमेत रहेका ममदानीले बढ्दो जीवनयापन लागत, सार्वजनिक यातायात, बाल हेरचाह सुविधा र सहरद्वारा सञ्चालित किराना पसलहरू जस्ता ठोस मुद्दामा जनतालाई आकर्षित गर्नुभएको थियो । उहाँको सरल व्यक्तिगत शैली, सामाजिक सञ्जालमार्फतको सक्रियता र जनस्तरमा प्रत्यक्ष अभियानले व्यापक जनसमर्थन दिलायो ।

“अर्को र अन्तिम गन्तव्य सिटी हल हो”, ममदानीले विजयी घोषणा पछि एक्समा पोस्ट गरिएको भिडियो सन्देशमा भन्नुभयो ।स्व–वर्णित समाजवादी ममदानी पहिले लगभग अपरिचित हुनुहुन्थ्यो, तर पूर्व गभर्नर एन्डङ्यु कुओमोमाथि डेमोक्रेटिक मनोनयनमा जित हासिल गरेपछि उहाँ चर्चामा आउनुभयो । मङ्गलबारको मुख्य चुनावमा पनि उहाँले कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा दुवैलाई पराजित गर्नुभयो । स्लिवा गार्जियन एन्जल्स नागरिक अपराध गस्ती समूहका संस्थापक हुनुहुन्छ ।

ट्रम्पले चुनावको अन्तिम घडीमा ममदानीलाई ‘यहुदी विरोधी’ भन्दै व्यक्तिगत आक्रमण गर्नुभएको थियो, तर त्यो आरोप जनतामाझ प्रभावहीन रह्यो । त्यसैबीच, प्रमुख व्यापारी बिल एकम्यानसहितका आर्थिक वृतका ठूला व्यक्तिहरूले ममदानीका विपक्षीहरूलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सकेनन् ।

यस वर्षको निर्वाचनमा करिब १४ लाख ५० हजार मतदाताले मतदान गरेका थिए । यो सन् २०२१ को मतसङ्ख्याभन्दा धेरै थियो ।राजनीतिक विश्लेषकहरूका अनुसार ममदानीको यो अप्रत्याशित उत्थानले डेमोक्रेटिक पार्टीभित्र मध्यमार्गी र वामपन्थी धारबीचको बहसलाई अझ प्रज्वलित गर्नेछ । सिराक्युज विश्वविद्यालयका राजनीति विज्ञ प्रोफेसर ग्रान्ट रीहरले भन्नुभयो, “न्युयोर्क जस्तो सहरमा शासन गर्नु आफैँमा चुनौती हो, जहाँ हरेक पक्षले आफ्नो धारिलो चक्कु निकालिसकेको छ ।”

कुओमोको निर्वाचन पार्टीमा निराशाको वातावरण थियो । केही समर्थकले ट्रम्पले अब सहरमा नेशनल गार्ड पठाउने सम्भावना व्यक्त गरे भने अरूले दक्षिणपन्थी मत विभाजनका लागि स्लिवालाई दोष दिए ।न्युजर्सीमा डेमोक्रेट उम्मेदवार मिकी सेरिलले ट्रम्प समर्थित व्यापारीलाई पराजित गर्नुभयो भने भर्जिनियामा एबिगेल स्प्यानबर्गरले गभर्नर पद पुनः डेमोक्रेटहरूको कब्जामा ल्याउन सफल हुनुभयो ।पूर्व राष्ट्रपति बाराक ओबामाले यी दुवै उम्मेदवारलाई समर्थन गर्नुभएको थियो । जीतपछि ओबामाले भन्नुभयो, “हामीसँग अझ धेरै काम बाँकी छ, तर भविष्य अहिले अलि उज्यालो देखिन थालेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९