डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताउनुभयो । महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उहाँले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गर्नुभयो ।

“पहिला आफू सुरक्षित रहँदै यस क्षेत्रलाई पनि सुरक्षित राख्ने दायित्व महिला पत्रकारहरूमाथि छ । त्यसैले हाम्रा सामग्री, समाचार र विषयवस्तु र पैरवीहरू डिजिटल हिसाबबाट मुक्त गर्ने किसिमका हुनुप¥यो”, सञ्चारमन्त्री खरेलले भन्नुभयो । अहिले लैङ्गिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।

“तपाईँ परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईँको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले असुरक्षित महसुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सही सदुपयोग गरिनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।

मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको बताउँदै आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले सकारात्मक अर्थ र परिणाम दिएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको प्रसङ्ग जोड्दै संयोगले त्यो भेटघाट भएको बताउनुभयो । भेटका क्रममा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरङ्ग कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले ‘जगदीशजी तपाईँहरू पुरुष, हामी महिला । तपाईँहरूले एउटा सिन्को भाच्दा, हामीले तीनवटा भाच्नुपर्छ । हामी त्यति सङ्घर्ष गरेर आएका छौँ, त्यो नेपाली महिलाहरूले आफ्नो करियरका लागि सङ्घर्षको प्रतिक हो’ भन्नुभएको प्रसङ्ग मन्त्री खरेलले कार्यक्रममा सुनाउनुभयो । “आज जो जति महिला पत्रकारहरूले सङ्घर्ष गरेर यहाँसम्म आउनुभएको छ, तपाईँहरूको सङ्घर्ष नेपाली सञ्चारमाध्यमका लागि अनुपम, अद्धितीय  र विशेष छ”, उहाँले भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावनाअनुरुप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न तीव्रताकासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले लैङ्गिक हिंसा मानवअधिकारको बाधक भएको उल्लेख गर्नुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसाविरुद्ध सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायत वक्ताले कार्यस्थलको हिंसा कायमै रहेको बताउँदै डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गर्नुभयो । यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

वीरगञ्ज महानगरलाई नौ थान कम्प्युटर हस्तान्तरण

वीरगञ्ज (पर्सा),जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यहाँको महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो क्षति भएको थियो । वीरगञ्जमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज,...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली (रामेछाप),  पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९