जेनजी आन्दोलनः सहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौँ,  गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई  श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी थिइन् ।

 

जवाफमा प्रहरी जवान थापाले आफू महाराजगञ्जस्थित प्रहरी वृत्त कार्यालयमै रहेको र अवस्था सामान्य भएको बताएका थिए । “आज हिजोजस्तो तनावपूर्ण अवस्था छैन, तीन दिनपछि घर आउँछु, बसको टिकट काटिसकेँ, मेरो चिन्ता लिनुपर्र्दैन”, थापाले फोनमा भनेका थिए । तर थापाले भनेजस्तो भएन । दिन ढल्दै जाँदा काठमाडौँमा तनाव बढ्यो । प्रदर्शनकारीहरुले संसद् भवन जलाए, त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत पनि जले । प्रदर्शनकारीहरु महारागञ्जस्थित प्रहरी कार्यालयमा प्रवेश गरी प्रहरीमाथि कुटपिट गर्न थाले । कुटपिटका कारण प्रहरी जवान थापाको मृत्यु भयो ।
थापामाथि भएको कुटपिटको भिडियो केही समयमै सामाजिक सञ्जाल हुँदै श्रीमती पुष्पासम्म पुग्यो । यद्यपि पुष्पालाई श्रीमान्लाई केही भएको छैन, जीवितै हुनुहुन्छ भन्ने लागिरह्यो । मृत्यु भइसक्यो भन्ने विश्वास नै गर्न सकिनन् । दार्चुला, लेकम गाउँपालिका–३ का थापा परिवारका जेठा सदस्य थिए । उहाँका भाइ महेशको केही महिना अघि महाकाली नदीमा धार्मिक काम सकेर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि कान्छि बुहारीले घर छाडिन् ।

 

करिब एक दशकअघि श्रीमान् गुमाएकी निर्मलादेवीले पछिल्लो एक वर्षमा दुवै सन्तान गुमाइन् । थापाको मृत्युसँगै निर्मलादेवीको संसार उजाडिएको छ । उपचार गराइरहनुपर्ने बिरामी शरीर र सन्तान गुमाउनु पर्दाको पीडामा उनले आफूलाई सम्हालन सकेकी छैनन् । एक वर्षअघि सम्म पाँच जनाको सुखी परिवार सासू र बुहारीमा मात्रै सीमित भएको छ । परिवारको आशा र भरोसा मानेका दुवै छोराले संसार छाडिसकेका छन् ।

 

आमा र श्रीमतीले उत्तमको शव पनि हेर्न पाएनन् । घटनामा थापाको मृत्यु भएको पुष्टि भएपछि सासूलाई लिएर पुष्पा काठमाडौँ आउने तयारी गरेकी थिएन । तर अवस्था प्रतिकूल बन्यो । थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो । काका रुपसिंह थापाले महेन्द्रनगरमै किरिया गरे । श्रीमती पुष्पा काठमाडौँ आउन पाइनन् । त्यो समयमा आमा निर्मला भने लालीमै अड्किइन् ।

 

प्रहरी जवान थापाले गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । त्यसपछि प्रहरीमै कार्यरत काका रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए  । विसं २०७३ सालमा प्रहरीमा भर्ना भएका थापाको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो  । लामो समय धनगढीमै बिताएपछि उत्तमको केही महिनाअघि मात्रै काठमाडौँ सरुवा भएको थियो । उनले ऋणधन गरेर धनगढीमा १० धुरजति जग्गा किनेका थिए, त्यसमा केही समयपछि घर बनाउने सपना पनि बुनेका थिए । तर जग्गा किनेको ऋण नसकिँदै घर बनाउने सपना पनि तुहियो ।

 

थापाका साला नारायण भट्टराईले भन्नुभयो, “भिनाजुको निधनपछि दिदी र आमा अहिले सहाराविहीन हुनुभएको छ, आमाको उपचार चलिरहेको छ, भिनाजुको मृत्यु भएपछि मैले उहाँहरुलाई सहयोग गरिरहेको छु, मैले पनि कहिलेसम्म सहयोग गर्न सक्छु थाहा छैन ।” उहाँले आफू केही महिनाअघि विदेशबाट फर्किएकाले अब फेरि पनि त्यतै जाने तयारी गरिरहेको सुनाउनुभयो ।

 

थापालाई सरकारले सहिद घोषणा गरिसकेको छ । परिवारलाई केही रकम पनि उपलब्ध गराइसकेको छ । आर्थिक रुपमा केही सहयोग गरे पनि परिवार भने उजाडिएको छ । थापाकी श्रीमती पुष्पा श्रीमान्को हत्या गर्नेविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्नुहुन्छ । सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । साथै आफूलाई पनि सानो भए पनि जागिर उपलब्ध गराउनुपर्ने पनि उहाँको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिनिधिसभा निर्वाचन ः एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपुर(रौतहट),  आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।   विसं २०७९...

जेनजी आन्दोलनः सहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौँ,  गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई  श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।     आज ३३७ कम्पनीको...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ,  घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।     अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती...

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

काठमाडौँ, १४ पुसः कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो । महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९