सिन्धुलीमा अन्तर–जिल्ला सुरक्षा समन्वय बैठकः आपराधिक गतिविधिलाई नियन्त्रण गर्न साझेदारी

कमलामाई (सिन्धुली),  सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोकका सुरक्षा समितिका पदाधिकारीहरुको संयुक्त बैठकले एकापसमा साझेदारी गरी प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको छ ।सिन्धुलीको मुल्कोटमा आज सम्पन्न अन्तर सुरक्षा समितिको संयुक्त बैठकले शान्ति सुरक्षा र अपराध नियन्त्रण, अन्तर जिल्लासँग सम्बन्धित गतिविधि, निर्वाचन सुरक्षा, सडक सुरक्षा, विपद् प्रतिकार्य तथा व्यवस्थापन, सेवा प्रवाह र विकास निर्माणमा सहजीकरणसहित समसामयिक विषययवस्तु र साझा चासोका विषयसँग सम्बन्धित छलफल गरेको छ ।

 

 

उक्त छलफलले शान्ति सुरक्षाको स्थिति एवं सु–व्यवस्था कायम गर्न सेवा प्रवाह तथा सु–शासनको अवस्था अभिवृद्धि, अपराध नियन्त्रण, सामाजिक विकृति, विसङ्गति तथा गैरकानुनी क्रियाकलापलाई न्यूनीकरण र नियन्त्रण गर्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

 

 

जिल्लाहरूको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि जिल्लाका सीमा क्षेत्रहरूमा संयुक्त गस्ती पट्रोलिङ सुरक्षा चेकजाँचलगायतका कार्यहरू आवश्यकताअनुसार नियमित र आकस्मिक रुपमा गर्ने एंव निर्वाचन सुरक्षामा प्रभाव पार्न सक्ने विभिन्न पक्ष र तिनका अवाञ्छित गतिविधिहरूको सूक्ष्म निगरानी गरी आवश्यकताअनुसार अन्तर जिल्ला समन्वयलाई नियमितता दिने बैठकले निर्णय गरेको छ ।

 

 

देशका विभिन्न कारागारहरूबाट फरार कैदीबन्दीहरु र अवैध हात–हतियारको खोजी तथा नियन्त्रणका लागि सूचनाको आदान–प्रदान एवं आवश्यक सुरक्षा प्रबन्ध गर्ने, संविधान एवं व्यवस्थाविरोधी समूह, जातीय क्षेत्रीय एवं धार्मिक समूहका अन्तर–जिल्ला गतिविधि सम्बन्धमा आवश्यक सूचना समन्वय र गतिविधिहरुको सुक्ष्म निगरानी गरी सुरक्षा सक्रियता बढाउने बैठकको निर्णय छ ।

 

 

विभिन्न दुष्प्रचार, अवैध तथा जबर्जस्ती चन्दा सङ्कलन, सर्वसाधारणलाई धम्क्याउने र विविध प्रलोभन÷प्रभावमा पार्नेलगायतका आराजक कार्य नियन्त्रण गर्न अन्तर जिल्ला समन्वयलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

 

 

लागसऔषध कारोबारी तथा दुव्र्यसनीलाई नियन्त्रण तथा निरुत्साहन गर्न जिल्लाका प्रवेश÷प्रस्थान विन्दुहरुमा चेकजाँचमा कडाइ गर्ने साथै एकअर्का जिल्ला बिचमा सूचनाको आदानप्रदान गर्नेसमेत बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार बिपी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको वर्तमान अवस्था, सवारी आवागमनको चाप एवं अत्याधिक गतिलगायतका कारण सम्भावित सडक दुर्घटनाको जोखिम रहेका विभिन्न स्थानहरुको पहिचान गरी सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रुवाहक सवारीसाधनको नियमित चेकजाँच, दुर्घटनापश्चात्को उद्धार कार्य र सवारी आवागमन व्यवस्थापनका लागि आपसी समन्वयलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

 

 

त्यसैगरी, यात्रुवाहक सार्वजनिक सवारीसाधनको हकमा राजमार्गमा आवागमनको निर्धारित समयसीमालाई निरन्तरता दिनुका साथै विकास निर्माण कार्यका लागि राजमार्गमा ठूला मालबाहक सवारीसाधन सञ्चालन सम्बन्धमा सहजीकरण गर्ने निर्णय भएको छ ।

 

 

विपद्जन्य घटनाहरुको तत्काल खोज, उद्धार प्रतिकार्यलगायतमा अन्तर–जिल्ला स्रोतसाधनको प्रयोगलाई निरन्तरता दिई विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने र साझा चासो तथा सरोकारका विषयमा एकापसमा असल अभ्यासहरुको नियमित आदानप्रदान गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । अन्तर–जिल्ला सुरक्षा समन्वय बैठक आवश्यकताअनुसार बर्सेनि हुँदै आएको छ ।राष्ट्रिय समचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

काठमाडौँ,  निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा...

म्याग्दीमा सुन्तला उत्पादनको क्षेत्रफल र मूल्य बढ्यो, उत्पादकत्व घट्यो

म्याग्दी, यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ ।...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली,  ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।   सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख भट्टले नेपालको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

धरान (सुनसरी), सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।   इटहरी उपमहानगरपालिकाले मीन...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।   सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९