सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध

भक्तपुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभएको छ ।नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री खरेलले सत्यतत्थ्यभन्दा बाहिर गई गैरजिम्मेवार ढङ्गबाट आफूखुसी समाचार सम्प्रेषण हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

 

 

आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने या नदिनेबारेमा आफूले कुनै पनि निर्णय नलिएको अवस्थामा सम्प्रेषित समाचारका विषयमा आश्चर्य प्रकट गर्दै उहाँले विश्वसनीयता कायम गर्नेतर्फ आमसञ्चारमाध्यमको ध्यान जान आवश्यक छ भन्नुभयो ।

 

 

सञ्चारमन्त्री निर्वाचनमा उठ्न लागेको भन्ने सन्दर्भमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “चुनावमा उठ्ने रे भन्ने कुराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठ्न रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता र छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।”

 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रवक्तासमेतका हैसियतले आमजनताको उल्लेखनीय सहभागितामा सफलतापूर्वक चुनाव सम्पन्न गर्न अहोरात्र खटिरहेको अवस्थामा आफूले निर्णय नगरेको विषयमा यसरी समाचार सम्प्रेषण हुँदा दुःख लागेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री खरेलले सत्यतथ्यसहित विश्वसनीय, सन्तुलन र निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गर्नुभयो ।

 

मन्त्री खरेलले चुनाव नजिकिँदै गरेको अवस्थामा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने, सही उम्मेदवार छनोट गरी बदर नहुने तरिकाले मतदान गर्नेजस्ता विषयलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्न आमसञ्चाकर्मीको ध्यानाकर्षण गर्नुभयो ।

 

 

उहाँले भन्नुभयो, “देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यवस्था परिवर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यवस्था परिवर्तन भए, कैयौँ व्यक्तिहरु शासन व्यवस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री–मन्त्री बने, तर देश किन बनेन, जनताको अवस्था किन सुध्रेन, किन जेनजी जनआन्दोलन हुनुपर्यो, दर्जनौँले बलदानी दिनुपर्यो भन्नेबारेमा जिम्मेवार समाचार माध्यमले समाचार ल्याउनुपर्छ, तर त्यसो हुन सकिरहेको छैन ।”

 

“मलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरि रगत बग्न हुँदैन, जेनजी दाजुभाइ, दिदी बहिनीहरु मर्नुपर्ने दिन फेरि आउनुहँुदैन, फेरि बलिदानी दिनुपर्ने अवस्था आउनुहुँदैन, अहिलेका विषम परिस्थितमा सबै पक्ष जिम्मेवार बनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सदुपयोग गरौँ ।” उहाँले भन्नुभयो ।

 

 

नेपालमा मिडिया धेरै भएकाले व्यवसायीकरणतर्फ जान नसकेको प्रसङ्ग उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले भन्नुभयो, “हाम्रो देशमा करिब १३ हजार पत्रकार छन्, १३ हजार वटै सञ्चारमाध्यम, त्योभन्दा बढी होला, कसरी धान्या होला, कसलाई पत्याउने हो, कसलाई मान्ने हो, देशमा १३ हजार मिडिया आवश्यक हो कि होइन, धान्न सकिन्छ कि सकिँदैन, यी सञ्चारमाध्यमलाई कसरी बचाइराख्ने हो, यसतर्फ हामी सबै गम्भीर हुन आवश्यक छ ।”

 

मिडियाका कारण मानिसहरु ‘मिस इन्फरमेशन’, ‘डिस इन्फरमेशन’ र ‘फेक न्यूज’को शिकार हुनेगरेको चर्चा गर्दै उहाँले यसलाई कसरी निरुत्साहित गर्ने र कसरी पत्रकारितामा व्यावसायिकता ल्याउने भन्नेबारेमा सोच्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।

 

कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई फरक ढङ्गले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै सत्यतथ्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गरी मुलुकलाई सही बाटोमा अघि बढाउने जिम्मेवारीमा रहेका हामी आमसञ्चारकर्मीबाट सोहीअनुसारको भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो ।

 

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले सत्यतथ्यलाई उपेक्षा गरी लोकप्रिय पत्रकारिताका कारण पछिल्ला दिनमा समस्या सिर्जना भएको उल्लेख गर्दै जिम्मेवार, जवाफदेही पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उम्मिद वागचन, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्ष टेनिश रेक्का, महासङ्घका काठमाडौँ अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, वरिष्ठ पत्रकार कबिर राणा, महासङ्घ भक्तपुर शाखाको अध्यक्ष सुन्दर शिल्पकार र पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, सम्मानित पत्रकार पेशल आचार्यलगायतका वक्ताहरूले पत्रकार हकहितका बारेमा धारणा व्यक्त गर्दै जिम्मेवार र जवाफदेही पत्रकारितमा जोड दिनुभयो ।

 

सो अवसरमा पत्रकार पेशल आचार्यलाई स्व भगवानदास–राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार, लीला श्रेष्ठलाई क्रियासिल महिला पत्रकारिता पुरस्कार र विनोद कोजूलाई स्व मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेमराज जोशी सम्मानित

कैलाली — जोशीपुरका पत्रकार खेमराज जोशी सम्मानित भएका छन्। कैलालीमा क्रियाशील जोशीलाई नेपाल जेसीजअन्तर्गत जोशीपुर जेसीजद्वारा सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको हो।     लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आम नागरिकका आवाजलाई सशक्त रूपमा उजागर गर्न पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै समाज रूपान्तरणमा पुर्‍याएको योगदानको कदरस्वरूप जोशीलाई...

प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

काठमाडौँ, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।   आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । समितिले उक्त छलफलमा...

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल (काभ्रेपलाञ्चोक),  जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आउनुभएको छ । उहाँसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।   अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

पत्रकार खेमराज जोशी सम्मानित

कैलाली — जोशीपुरका पत्रकार खेमराज जोशी सम्मानित भएका छन्। कैलालीमा क्रियाशील जोशीलाई नेपाल जेसीजअन्तर्गत जोशीपुर जेसीजद्वारा सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको हो।     लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आम नागरिकका आवाजलाई सशक्त रूपमा उजागर गर्न पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै समाज रूपान्तरणमा पुर्‍याएको योगदानको कदरस्वरूप जोशीलाई...

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर, जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।   इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी), निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गर्नुभएको हो ।   उहाँको अनुसन्धान...

गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा

वालिङ (स्याङ्जा), यहाँको गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा  सुरु गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै आयुर्वेद चिकित्सा सेवा पनि सुरु गरिएको हो ।     ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद...

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९