नेपाल रेडक्रस सोसाइटीेको वार्षिक साधारणसभाद्वारा संशोधित मस्यौदा विधान पारित

काठमाडौँ,  नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन र केन्द्रीय सभाको वार्षिक साधारणसभाले संस्थाको संशोधित मस्यौदा विधान, २०८२ लाई सर्वसम्मतिले पारित गरेको छ । विधानको मूल मर्म, रेडक्रसका सिद्धान्त, प्रचलित कानुन तथा अन्तरराष्ट्रिय मान्यतासँग मेल खाने गरी संस्थाको संशोधित विधान तयार पारिएको जनाइएको छ ।

 

हालै चितवनको सौराहामा सम्पन्न सस्थाको साधारणसभाले पारित सो विधानले दीर्घकालीन संस्थागत समस्या समाधान, सुशासन सुदृढीकरण र संस्थाको गरिमा पुनःस्थापना गर्न कोशेढुङ्गाको काम गर्ने जनाइएको छ । साथै सो सभालाई नेपाल रेडक्रसको इतिहासमा एक निर्णायक चरणका रूपमा लिइएको छ ।

 

संशोधित विधान तयार गर्नेक्रममा नेपाल सरकारका मापदण्ड र सुझावसहित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को राय लिएको जनाइएको छ । संशोधित विधान संस्थालाई परिवर्तित, गतिशील, पारदर्शी र समसामयिक हुन महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
सभाको बन्द सत्रमा महामन्त्री मीनबहादुर मल्लद्वारा संशोधित विधानसहित सोसाइटीको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा चालु आव २०८२÷८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष लोकदर्शन श्रेष्ठद्वारा आव २०८१÷८२ को आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन तथा चालु आव २०८२÷८३ को बजेट सभा समक्ष पेस गर्नुभएको थियो ।

 

यस अगाडि सभाको शुभारम्भसत्रमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले विधान संशोधन तथा वार्षिक साधारणसभा संस्थाको भविष्य सुनिश्चित गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो । सदस्य डा गङ्गाधर अधिकारीले रेडक्रसको असहज परिस्थितिको समाधानका लागि विधान संशोधन र निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्नु अपरिहार्य रहेको स्पष्ट पार्दै तदर्थ कार्यसमितिले ९० दिनको कार्यादेश प्राप्त गरी जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै रेडक्रसको महिमा र गरिमा जोगाउन सबैले एकताबद्ध भएर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

 

पूर्वमहामन्त्री पीताम्बर अर्यालले पारदर्शिता, सुशासन र नैतिक आचरणबिना संस्था बलियो हुन नसक्ने जनाउँदै सबै रेडक्रसकर्मीमा पारदर्शिता र प्रतिबद्धता अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो । पूर्वउपमहामन्त्री हरि न्यौपानेले रेडक्रसले विगतमा थुपै्र आरोह अवरोह पारगरेकोे स्मरण गर्दै अब सबै मिलेर यसको साख र गरिमा बचाउनुपर्नेमा जोड दिनुभयो ।

 

पूर्वअध्यक्ष सञ्जिव थापाले समयानुकूल सुधार आवश्यक भए पनि विधानको मूल मर्ममा आँच नआउने गरी संशोधन गर्नुपर्नेमा जोड दिँदै सबै प्रतिनिधिलाई एक ढिक्का भएर विधान पारित गर्न आह्वान गर्नुभयो । पूर्वअध्यक्ष डा नेत्र तिम्सिनाले रेडक्रसको विधान संशोधनका लागि आफ्नो कार्यसमितिले सक्दो प्रयास गरे पनि जटिल अवस्थाबाट गुज्रनुपरेको स्मरण गर्दै सभाप्रति आफूले अपनत्व लिएको र सभाले विगतका तितता मेटाउँदै आपसी सौहार्दपूर्ण वातावरण सिर्जना गरेको अनुभूति व्यक्त गर्नुभयो ।

 

रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख सन्देश श्रेष्ठले सबै पक्ष मिलेर रेडक्रसको अन्तरराष्ट्रिय साख र विश्वास जोगाउनुपर्नेमा जोड दिनुभयो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले रेडक्रसको अन्तरराष्ट्रिय मापदण्ड, सिद्धान्त र मानवीय मूल्यअनुसारको व्यवस्था संशोधित विधानमा समेटिनु आवश्यक रहेको सुझाव दिनुभयो ।

 

केन्द्रीय तदर्थ कार्यसमितिका सदस्य कान्ती राजभण्डारीले सभालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको चितवन जिल्ला शाखाप्रति विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहभागीहरूप्रति आभार प्रकट गर्नुभयो । विधान संशोधन छानबिन समितिका संयोजक तथा केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष हरिप्रसाद बरालले प्रस्ताव छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

सभाको समापन समारोहमा रेडक्रस कास्की जिल्ला शाखाका सभापति उर्मिला खड्काले आफू महिला भएकै कारण सभापतिसम्म पुग्नका लागि धेरै कसरत गर्नपरेको स्मरण गर्दै पारित भएको विधानले महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गर्ने काम गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

 

लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीले पारित भएका निर्णयहरूले स्वयंसेवकको भावना, मर्म र योगदानलाई सही रूपमा आत्मसात् गरेको विश्वास व्यक्त गर्नुभयो । उहाँले विधान संशोधन तथा वार्षिक साधारणसभाले संस्थागत सुदृढीकरण, आपसी सौहार्द र भविष्यप्रति स्पष्ट मार्गनिर्देशन दिएको बताउनुभयो । चितवन जिल्ला शाखा सभापति हरिप्रसाद पौडेलले आफ्नो जिल्लाले महत्वपूर्ण कार्यक्रम आतिथ्यता गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

 

सभामा नेपाल रेडक्रस सोसाइटीको निमित्त कार्यकारी निर्देशक मोना अर्यालले सोसाइटीद्वारा सञ्चालित  मानवीय सेवाका गतिविधिमाथि जानकारी दिनुभएको थियो । सभामापूर्व सोसाइटीका महामन्त्रीहरू दीपेन्द्र ढकाल, पूर्वउपमहामन्त्री हरिप्रसाद न्यौपानेलगायतका पूर्वपदाधिकारीहरू, सातै प्रदेश र ७७ वटै जिल्लाका २५४  सभासद् तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै केन्द्रीय तदर्थ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि सहभागिता थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।   थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर,  पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो । प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार...

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम

खोटाङ, २८ पुसः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ,  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।   विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९