कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा बढ्दो लागुऔषध दुर्व्यसन तथा यस वडामा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले सल्लाह–सुझाव संकलनका लागि आज बुधबार वडास्तरीय आमभेला सम्पन्न भएको छ।
वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त आमभेलाको सभाध्यक्षता वडा अध्यक्ष मनऋषी आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर रहनुभएको थियो।
कार्यक्रममा अतिथिहरूका रूपमा सशस्त्र बेस क्याम्प प्रमुख डिएसपी सुबाश केशी, इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्मर विष्ट, गाउँपालिकाका कार्यपालिका सदस्य भिमबहादुर विश्वकर्मा, वडा सदस्यहरू बसन्ती देवी साउद, कपिल गुरुङ, भावना देवी विक, निवर्तमान वडा अध्यक्ष कर्ने सुनार र निवर्तमान कार्यपालिका सदस्य कोकिला खत्रीको उपस्थिति रहेको थियो।
त्यसैगरी राजनीतिक दलका प्रतिनिधिहरूमा नेपाली कांग्रेस वडा सभापति नन्दाराम विष्ट, नेपाल कम्युनिष्ट पार्टी प्रतिनिधि दलबहादुर तिरुवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति चक्रबहादुर विष्ट सहभागी हुनुहुन्थ्यो।
आमभेलामा दानुफाटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्मा, शिव शक्ति ग्रामीण विद्युत सहकारीका अध्यक्ष आत्मा प्रसाद रिजाल, जगदम्बीके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर खड्का, साइनिङ स्टार युवा क्लबका अध्यक्ष गोविन्दबहादुर बुढाक्षेत्री, पशुपति युवा क्लबका अध्यक्ष प्रतिनिधि महेश थापा, एन.टि.बि.एस. इङ्लिस बोर्डिङ स्कुलका संस्थापक नवराज टमट्टा, भलमन्सा कल्लु डगौरा थारु, भलमन्सा सन्जु चौधरी, समाजसेवी भीमबहादुर बुढा, वीरबहादुर सुनार तथा युवा समाजसेवी गणेश विकलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। आमभेलामा सर्वसाधारण नागरिकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
आमभेलामा लागुऔषध सेवनका कारण उत्पन्न सामाजिक समस्या, आगलागी न्यूनीकरणका सम्भावित उपाय, समुदायको भूमिका, सुरक्षा निकायसँगको समन्वय तथा सचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा सहभागीहरूले आ–आफ्ना महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन वडा स्तरीय सुरक्षा तथा समन्वय समिति संयोजक रवि जनालाले गर्नुभएको थियो।
आमभेलाबाट प्राप्त सुझावहरूलाई समेटी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता वडा कार्यालयले जनाएको छ।
















































































































































