आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँमा उम्मेदवार

तुलसीपुर (दाङ),  दाङ क्षेत्र नं ३ का उम्मेदवारहरू आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँ जान थालेका छन् । उम्मेदवारहरूले कार्यकर्ता तथा मतदातालाई भेटघाट गर्न थालेका छन् ।  कांग्रेसका उम्मेदवार दीपक गिरीले आफूले सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको कुरा लिएर जनतामाझ जानुभएको छ ।

 

त्यस्तै पश्चिम दाङका सडक सञ्जालमा भूमिका खेलेको गिरीको भनाइ छ । त्यस्तै टरिगाउँ एयरपोर्ट विस्तारका लािग पनि पहल गरिरहेको उहाँको भनाइ छ । दाङलाई सबल र विकसित बनाउन आफ्नो उम्मेदवारी रहेको गिरीले बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी राष्ट्रियता तथा लोकतन्त्रलाई बलियो बनाउनका लागि रहेको बताउनुभयो । उहाँले युवा विदेश पलायन हुनुपर्ने अवस्था रहेको भन्दै यसलाई रोक्न पनि आफ्नो भूमिका खेल्ने बताउनुभयो  ।

 

नेपालको संविधान संशोधन गरी जनता मैत्री संविधान बनाउने पनि उहाँको एजेन्डा छ । उहाँ २०५१ सालदेखि चुनाव लड्दै आउनुभएको छ ।  यद्यपि उहाँ अहिलेसम्म दुईपटक मात्रै निर्वाचित हुनुभएको छ । उहाँले २०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा जित्नुभएको छ  ।

सडक र पुलको कुरा जनतामाझ लिँदै मास्की  

नेपाली कम्युनिष्ट पार्टीबाट चुनावमा होमिएका धनबहादुर मास्की (राजेश) लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएर हाल जनतामाझ हुनुहुन्छ । उहाँले त्यो उम्मेदवारी आफ्नो मात्रै नभई जनताको मागका रूपमा रहेको बताउनुभयो । आफू प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा गहतेखोला सडक स्तरवृद्धि, भमकेखोला, बहुला खोलामा पुल निर्माणजस्ता कार्य गरेको भन्दै यी एजेन्डा लिएर जनतामाझ जानुभएको छ ।

 

त्यस्तै गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढाएको उहाँको भनाइ छ । “मैले चुनावका बेला माथिल्लो सडक स्तरवृद्धि, खोलामा पुल निर्माण जस्ता एजेन्डा बनाएको थिएँ, ती एजेन्डाअनुसार मैले काम गरेँ र परिणाम पनि देखियो”, उहाँले भन्नुभयोे ।

 

मास्कीले ग्वारखोलादेखि पश्चिमलाई सुन्दर पश्चिम दाङ बनाउने, दामोदर सडक स्तरवृद्धि, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पतालको स्तरवृद्धि, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन, राप्ती लोकमार्ग चारलेन बनाउनेजस्ता एजेन्डा लिएर जनतामाझ जान थालेको बताउनुभयो । उहाँ पहिलोपटक प्रदेशसभा सदस्य बन्नुभएको हो । त्योभन्दा अघि उहाँ कुनै पनि चुनाव लड्नुभएको थिएन ।

 

पूर्वप्रमुखको सांसद बन्ने चाहना 

नेकपा(एमाले)बाट चुनावमा होमिएका घनश्याम पाण्डे २३ वर्षको उमेरमा नै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख हुनुभएका व्यक्ति हुनुहुन्छ । २०५१ सालदेखि चुनावमा होमिँदै आएका पाण्डे तत्कालीन अवस्थामा उपप्रमुख बन्नुभयो । २०६४ र २०७० मा उहाँले चुनाव नलडे पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित हुनुभयो ।

 

नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाव जित्ने आधार रहेको पाण्डे बताउनुहुन्छ । उहाँले मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल, तुलसीपुरमा व्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेको भन्दै ती कुरा लिएर जनतामाझ गएको बताउनुभयो ।

 

उहाँले दाङको समृद्धि र विकास, किसानको हक अधिकार सुनिश्चित, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल व्यवस्थिति, समृद्धि र विकासको हब, शिक्षा र स्वास्थ्य, प्रविधि, उद्यमशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य राख्नुभएको छ  । साथै उहाँले संसद्मा गएपछि संसदीय परम्परालाई जनतामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । निर्वाचन क्षेत्र भित्रका जनताका समस्यालाई पहिचान गरी समाधान गर्नेतर्फ संसद्लाई केन्द्रित गर्ने उहाँको योजना छ ।

सुशासन र डेलिभरीको मुद्दा लिएर जनतामा सुवेदी  

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएका कमल सुवेदी यसअघिको निर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो  । उहाँले हाल सुशासन र डेलिभरीको मुद्दालाई अघि सार्नुभएको छ । अबको समृद्धि नयाँ दल नै गर्ने दाबी गर्दै उहाँ ती ऐजन्डा लिएर जनतामाझ जानुभएको छ । युवा पुस्तालाई स्वरोजगार सिर्जना गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने उहाँका एजेन्डा छन् ।

 

अन्य उम्मेदवार पनि चुनावी मैदानमा  

दाङ–३ मा राष्ट्रिय जनमोर्चाले कमला जिसी, मङ्गोल नेसनल अर्गनाइजेसनले घनश्याम चौधरी, मितेरी पार्टीले सन्तोष सिंह, जनता समाजवादी पार्टीले शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न)ले  पाण्डवी नेपाली, नेसनल रिपब्लिक नेपाल पार्टीले प्रितम चौधरीलाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै संयुक्त नागरिक पार्टीले दलवीर कामी, श्रम संस्कृति पार्टीले टोपबहादुर महतारा, नेकपा (माओवादी)ले बलबहादुर वली, नागरिक उन्मुक्ति पार्टीले महेश चौधरीलाई उम्मेलवार बनाएको छ । त्यस्तै स्वतन्त्रबाट भागिराम चौधरी, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कँडेलले उम्मेदवारी दिनुभएको छ । उहाँहरूले पनि आफ्ना एजेन्डा लिएर जनतामाझ जानुभएको छ ।

 

विसं २०७९ को समानुपातिक मत हेर्दा कांग्रेस र एमाले थोरै मतले मात्रै तलमाथि छ । कांग्रेसले २६ हजार ५७७ मत ल्याएको छभने एमालेले २६ हजार ११७ मत ल्याएको छ । सोही निर्वाचन क्षेत्रमा रास्वपाले १४ हजार ४१० समानुपातिक मत ल्याउँदा तत्कालीन माओवादी केन्द्रको १० हजार ९२५ र एकीकृत समाजवादीको ६९१ मत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक,...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९