विचारः स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौँ,    विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास÷कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तरराष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसी) को प्रतिवेदन, २०२३ अनुसार तापमानलाई १.५ डिग्री सेल्सियस र दुई डिग्री सेल्सियसको बीचमा सीमित राख्नका लागि हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका उपायहरुलाई थप प्रभावकारी बनाउनु जरुरी देखिन्छ ।

 

विश्वव्यापी रुपमा खुद शून्य हरितगृह ग्यास उत्सर्जनको अवस्था हेर्दा सन् २०१९ को उत्सर्जन सन् २०१० को भन्दा १२ प्रतिशतले वृद्धि भएको पाइन्छ । हरितगृह ग्यास उत्सर्जनका सबै क्षेत्रबाट उत्सर्जन न्यूनीकरणलाई उच्च प्रभावकारिताका साथ अवलम्बन गरेर मात्र खुद शून्य कार्बन उत्सर्जन वा खुद शून्य हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको लक्ष्य हासिल गर्न सकिन्छ । तसर्थ, विश्व तापमान वृद्धिले खतराको सीमा पार गर्नु अगावै यसको उचित नियन्त्रण गर्न तत्काल हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणसम्बन्धी कार्यहरुलाई द्रुत्ततर एवं गम्भीर ढङ्गले अघि बढाउनु अपरिहार्य देखिन्छ ।

 

 

ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरण वा ‘डिकार्बनाइजेसन’ भन्नाले ऊर्जाको उत्पादन, वितरण तथा उपभोगबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्दै अन्ततः पूर्ण रुपमा हटाउने प्रक्रियालाई बुझिन्छ । ऊर्जा क्षेत्रमा डिकार्बनाइजेसनका मुख्यतया तीनवटा उपाय रहेका छन्ः इन्धन रुपान्तरण (फ्युल स्विचिङ), राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण र ऊर्जा दक्षता । फ्युल स्विचिङ भनेको परम्परागत ऊर्जा र  खनिज इन्धनबाट सञ्चालित प्रविधिहरु (सवारी साधन, मेसिनरी, घरायसी उपकरण विशेषगरी खाना पकाउने प्रविधि) लाई स्वच्छ ऊर्जाबाट सञ्चालन गर्नु हो । फ्युल स्विचिङका प्रमुख क्षेत्रहरुमा घरायसी, यातायात, उद्योग र कृषि रहेका छन् ।

 

 

राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण भनेको मौसमी सन्तुलन, आयात न्यूनीकरण, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति, विद्युतीय पूर्वाधारहरुको स्तरोन्नतिको माध्यमबाट ग्रिडलाई हरितगृह ग्यास उत्सर्जन मुक्त बनाउनु हो । अर्थात् हामीले उपयोग गर्ने (स्वदेशमै उत्पादित विद्युत् वा आयात गरिएको) विद्युत् परम्परागत खनिज इन्धनमा आधारित नभई शून्य कार्बन स्रोत जस्तैः सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोतमा आधारित रहेको सुनिश्चितता गर्नु हो । ऊर्जा दक्षता भनेको ऊर्जा दक्ष उपकरण, ग्रिड र औद्योगिक मेसिनरीको उपयोगबाट कुनै वस्तु वा सेवाको उत्पादनमा लाग्ने ऊर्जाको परिमाणलाई कम गर्नु हो ।

 

 

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकासका लागि स्वच्छ खाना पकाउने ऊर्जा, वितरित नवीकरणीय ऊर्जा, विद्युतीय सवारी (ई–मोबिलिटी), आधुनिक र कृषि क्षेत्रमा ऊर्जा दक्षतालगायत क्रियाकलापमा लगानीका सम्भावनाहरु रहेका छन् । अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतीहरु एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न तथा स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै लैजानुपर्ने देखिन्छ । नेपालले राष्ट्रिय लक्ष्य तथा अन्तरराष्ट्रिय प्रतिबद्धताहरुमा डिकार्बनाइजेसनलाई प्राथमिकतामा राखेको छ । तेस्रो राष्ट्रिय निर्धारित योगदान, दिगो विकास लक्ष्य, खुद शून्य उत्सर्जनसम्बन्धी नेपालको दीर्घकालीन रणनीति, सोह्रौँ योजना, ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ लगायत दस्तावेजहरुमा डिकार्बनाइजेसनसम्बन्धी लक्ष्यहरु समेटिएका छन् ।

 

स्वच्छ ऊर्जा दिवसको आयोजना

 

संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२३ मा घोषणा गरी २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउँदै आएको छ । यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिन्छ । नेपालमा यो दिवस मनाउने कार्य वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्दै आएको छ । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवद्र्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने तथा ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पु¥याउँदै आएको छ । यसका साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रुपमा समेत कार्य गर्दै आएको छ ।

 

यसै सन्दर्भमा केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ । स्वच्छ ऊर्जा तथा जलवायु परिवर्तनसम्बन्धी लक्ष्यमा योगदान पु¥याउने उद्देश्यले आयोजित यस कार्यक्रम गत वर्ष आयोजना गरिएको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन’ को निरन्तरता पनि हो । तथापि यस वर्षको सम्मेलनले न्यून कार्बनीकरणको व्यावहारिक पक्षमा जोड दिँदै बहसलाई व्यवहारमा रुपान्तरण गर्ने उद्देश्य लिएको छ । सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय सरकारी÷गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक÷प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र, सञ्चारजगत्, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै मञ्चमा उपस्थित भई स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकासमा तीव्रता दिनका लागि रणनीतिक दृष्टिकोणसम्बन्धी छलफल÷अन्तरक्रिया गर्ने अवसर जुटाउनेछ ।

 

स्वच्छ ऊर्जा प्रवद्र्धनमा केन्द्रको पहल

स्वच्छ ऊर्जाको माध्यमबाट नेपालको न्यून कार्बन विकास, सामाजिक आर्थिक समुन्नति र हरित अर्थतन्त्र विकासमा केन्द्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हासिल गरेका उपलब्धिहरुले न्यून कार्बनीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । सरकारले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणका कार्यहरुलाई अघि बढाउन बलियो कानुनी आधार खडा गर्ने उद्देश्यका साथ नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाएको छ । यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ऐनको रुप दिने कार्यलाई निर्वाचित संसदले पारित गर्ने विश्वास गरिएको छ ।

 

केन्द्रले हालसम्म लघु तथा साना जलविद्युत्, सुधारिएको पानीघट्ट, सौर्य÷सौर्य–वायु मिनिग्रिड, घरेलु सौर्य विद्युत् प्रणाली, संस्थागत सौर्य विद्युत् प्रणाली, सौर्य सडक बत्ती, मठमन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा प्रणाली, घरायसी बायोग्यास, संस्थागत, शहरी तथा व्यावसायिक बायोग्यास, सुधारिएको चुलो, विद्युतीय चुलोलगायत परिविधि विस्तारबाट समग्रमा देशको करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पु¥याएको छ । कूल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब छ प्रतिशत रहेको छ । विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ ।

 

साथै, केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापारसम्बन्धी कार्यको थालनी गरेको हो । केन्द्रले स्वच्छ विकास संयन्त्रअन्तर्गत आठवटा आयोजनाबाट हालसम्म कुल ६६ लाख ८० हजार मेट्रिकटन युनिट प्रमाणित कार्बन उत्सर्जन न्यूनीकरण उत्पादन गरी कार्बन व्यापारमार्फत करिब ३६.०११ मिलियन अमेरिकी डलर आम्दानी गरेको छभने यी कार्बन परियोजनाको सञ्चालनबाट भविष्यमा थप आम्दानी हुने सुनिश्चित गरेको छ । नेपालको संविधानले लिएको समावेशी आर्थिक सामाजिक विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको विस्तार र ऊर्जा दक्षताको बाटो अवलम्बन गरी स्वच्छ ऊर्जा रुपान्तरणको बाटो अपनाउनु अपरिहार्य रहेको छ । यसका लागि प्रभावकारी र परिणाममुखी सहकार्य जरुरी देखिन्छ । (वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालसँग गरिएको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक,...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९