कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य अनुभव सुनाउँदै

काठमाडौँ,  राष्ट्रियसभामा कार्यकाल सकिन लागेको सांसदहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव बारेमा जानकारी गराउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले बैठकमा काम गर्ने सिलसिलामा केही असल परम्परा र मानक स्थापना गरेको बताउनुभएको छ ।

 

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद बेदुराम भुसालले राष्ट्रियसभा प्रबुद्धसभा भएको र सोही अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले सभाले समाजिक तथा सांस्कृतिक रुपान्तरण चलाउन नसकेको, भ्रष्टाचार नियन्त्रण र  रोजगारी सिर्जनाका आवाज मुखरित गर्न नसकेको बताउँदै कोरानाकाल, विभिन्न दलको अवरोध, आफूले मन्त्री पद सम्हाल्दाको समयमा भने प्रभावकारी रुपमा सहभागी हुन नसकेको अवगत गराउनुभयो ।

 

उहाँले विधायन व्यवस्थापन समितिमा बसेर काम गरेको, कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव सुनाउनुभयो । संविधानअनुसार बन्न बाँकी कानुनको प्रतिवेदन तयारीमा काम गरेको, नियमित बैठकमा आफ्ना धारणा र सङ्कल्प प्रस्तावमा मन्तव्य राखेको सांसद भुसालले बताउनुभयो । सभाले महत्वपूर्ण कानुन निर्माणमा केही मानक स्थापना गरेको बताउँदै उहाँले कानुन निर्माण अझै केही परम्परागत ढाँचा रहेकाले त्यसलाई तोड्न आवश्यक रहेको औँल्याउनुभयो ।

 

नेकपा (एमाले)का इन्दिरादेवी गौतमले सभाका नियमित बैठकमा प्रभावकारी सहभागिताका साथै विधेयकमा संशोधन पारित गर्न सहभागिता जनाएको संविधानका मर्मलाई केन्द्रमा राखेर कानुनमा संशोधन र कानुन निर्माणमा भूमिका निर्वाह गरेको अनुभव सुनाउनुभयो । त्यस्तै उहाँले सङ्घीयता सबलीकरणसम्बन्धी समितिमा रहेर महत्वपूर्ण काम गरेको, कानुन बनाउने र जनजीविकाका सवालमा विषय उठान गरेर सरकारलाई जिम्मेवार बनाएको बताउनुभयो ।

 

सांसद गौतमले विकास निर्माणमा देखिएका असमानतालाई सम्बोधन गर्ने आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्न मतभेदका बाबजुद पनि सभामा सहमति कायम गर्ने परम्परा स्थापित हुनु सकारात्मक विषय भएको बताउनुभयो । यस अवधिमा उहाँले सभाका निर्देशन र सङ्कल्प प्रस्ताव कार्यान्वयन नभएको, बैठकका निर्देशन तथा सुझाव कार्यान्वयन नभएको बताउँदै अनुगमन प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देखिएको नवयुवाको असन्तुष्टि सम्बोधन गर्न सुशासन कायम गर्नुपर्ने, भ्रष्टचारको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले भदौ २४ गतेको विध्वंशात्मक कार्य कसरी भयो भन्ने बारेमा सबैले सोच्नुपर्ने उल्लेख गर्नुभयो । साथै उहाँले आगामी दिनमा त्यस्ता घटना नदोहोरिनका लागि  सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।सभाका बैठक कतिपय अवस्थामा आरोपप्रत्यारोपमा अलमलिएको पनि आफूले पाएको बताउँदै उहाँले कानुन बनाउँदा देश र जनताको आवश्यकता र संविधानको मर्मअनुसार गर्नुपर्ने सुझाव दिनुभयो ।

 

नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले यस अवधिमा अपेक्षाअनुसार काम गर्न नसकेको भए पनि सभामा राम्रै तिथि बसाल्न सफल भएको बताउनुभयो । सहमति र समयमै बैठक सञ्चालन भएको दलगत प्रभावभन्दा माथि उठेर कानुन निर्माणमा भूमिका खेलेको उहाँको भनाइ थियो । सबै प्रदेशमा एकसाथ निर्वाचन क्षेत्रमा कार्यक्रम लिएर जाने गरी बैठक सञ्चालन गर्ने सकारात्मक कार्य यस अवधिमा भएको  र सङ्घीय कार्यान्वयन अध्ययनसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको सांसद शर्माले अवगत गराउनुभयो ।

 

यस अवधिमा विभिन्न समयमा सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको सभापति भएर समेत महत्वपूर्ण काम गरेको बताउँदै उहाँले १७५ सभाको बैठक बसेको तर कहिल्यै पनि कोरम पनि नपुगेर बैठक बस्न नसक्ने अवस्था नआएको उल्लेख गर्नुभयो ।

 

राष्ट्रिय महत्वका विषय तथा पुरातात्विक विषयको खोजी, संरक्षण तथा स्थलगत अध्ययन गरिएको जानकारी गराउँदै उहाँले केही प्रदेश सभा र स्थानीय तहसँग छलफल तथा अन्तरक्रियासमेत गरिएको बताउनुभयो । साथै सांसद शर्माले सुशासनका लागि रचनात्मक भूमिका निर्वाह गरेको बैठकमा जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ,  परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक,...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन), चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९