अन्तर्वार्ता : निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव

राजविराज (सप्तरी),  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हाल्नुभएको थियो । उहाँले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तमा पुनर्नियुक्ति भई २०७२ भदौ ११ देखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रस्तुत छ, पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादवसँग राससकर्मी अरुणकुमार यादवले आसन्न निर्वाचनका विभिन्न पक्षमा केन्द्रित रही गर्नुभएको कुराकानी :

 

 

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई यहाँले कसरी हेर्नु भएको छ ? 

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपालको सङ्घीय लोकतान्त्रिकको इतिहासमा पहिलोचोटी निर्वाचन हुन गइरहेको छ । यो निर्वाचन गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उपजको रुपमा हुन गइरहेको छ । यो निर्वाचन लोकतन्त्रलाई बलियो र सुदृढीकरण गर्न तथा संस्थागत गर्नका लागि सहयोग नै पुग्दछ भन्ने मैले ठानेको छु । जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभाको निर्वाचन नयाँ जनआदेशबाट लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण मान्न सकिन्छ । यसले देशले खोजेको परिर्वतनको आवश्यकता र अपेक्षा पूरा गर्ला भन्ने आशा गरौँ ।

 

 

खासगरी यस्ता निर्वाचनमा के–कस्ता कुरालाई बढी चासोका साथ हेरिन्छ ? 

यो निर्वाचन प्रतिनिधिसभाको निर्वाचनमा यसमा मिश्रित निर्वाचन प्रणाली छ । यसमा समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचन हुन गइरहेको छ । यसमा हेर्ने दृष्टिकोण फरकफरक रहेको देखिन्छ तर मूल रुपमा यो निर्वाचनले युवापुस्तालाई नेतृत्वको राजनीतिक परिर्वतन र देशको नेतृत्वका लागि स्थान प्रदान गर्छ भन्ने आम चर्चाको विषयका रुपमा लिइएको छ । राजनीतिमा नयाँ पुस्ताको भूमिका अझ बढ्ने आशाका साथ आमजनतामा नयाँ आशा पलाएको छ । यसो भन्दैमा पुराना राजनीतिक दलका नेताहरुको विगतको भूमिकालाई हामीले उपेक्षा पनि गर्न मिल्दैन ।

 

 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित तुल्याउन कसको के कस्तो भूमिका रहन्छ ? 

निर्वाचन, स्वतन्त्र, निष्पक्ष हुनुपर्दछ । निर्वाचन स्वतन्त्र मात्र हुँदैन, स्वच्छ पनि हुन आवश्यक छ । विश्वासिलो पनि हुनु पर्दछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र बनाउनका लागि निर्वाचन आयोगको ठूलो भूमिका हुनुपर्दछ । स्वतन्त्र, स्वच्छ निर्वाचन गराउन सम्पूर्ण प्राविधिक र प्रशासनिक कार्यको जिम्मा निर्वाचन आयोगको छ । आयोगले सम्पूर्ण सामग्रीको व्यवस्थापन, राम्रोसँग गरियो भने स्वभाविक, निर्वाचन स्वतन्त्र स्वच्छ हुन्छ । यसमा निर्वाचन आयोगको मात्रै नभएर मतदाताको पनि उत्तिकै भूमिका हुन्छ । मतदाताले स्वतन्त्र, स्वच्छ रुपमा काम गर्नुपर्दछ । निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी हुनुपर्दछ । यसमा राजनीतिक दलका शीर्ष नेताहरुदेखि उम्मेदवारहरुको पनि भूमिका रहन्छ । सुरक्षा निकायको पनि भूमिका महत्वपूर्ण रहेको हुन्छ । निर्वाचनमा सम्पूर्ण कार्यका लागि आवश्यकपर्ने सामग्री, सुरक्षाको प्रबन्ध, मतपत्रको ढुवानी गर्नुपर्ने हुन्छ । निर्वाचन विश्वसनीय बनाउनका लागि पर्यवेक्षकले पनि कस्तो किसिमको अनुगमन गर्दछन् भन्ने हेरिन्छ । निर्वाचनमा प्रचारप्रसारमा सबैभन्दा महत्वपूर्ण भूमिकाका लागि प्रचारप्रसार सञ्चारमाध्यमको भूमिका हुन्छ । सञ्चारकर्मीले जनताका बीचमा मतदान गर्न मतदातालाई अभिप्रेरित गर्ने, मतदाता शिक्षा जगाउनेदेखि निर्वाचन परिणाम छिटोभन्दा छिटो जानकारी गराउने भूमिका हुन्छ । त्यसैले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत रुपमा सम्पन्न गराउन कुनै एक निकायले मात्र नभई सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

 

 

निर्वाचन प्रचारप्रसारमा के कस्ता कुरामा राजनैतिक दल र उम्मेद्वारले ध्यान दिन आवश्यक छ ? 

फागुन २१ गते भइरहेको आसन्न निर्वाचन सबै ठाउँमा एकैपटक हुन गइरहेको छ । यसमा राजनीतिक दल, तिनका उम्मेदवारले मतदाताहरुलाई मतदान कसरी गर्ने, मतदाता शिक्षाका रुपमा नमुना मतपत्रका आधारमा सिकाउनुपर्ने हुन्छ । मतदान गर्ने प्रक्रियाका बारेमा निर्वाचन आयोगले आफ्नो संयन्त्रहरु वडासम्म खटाएकै छ । घरदैलो, सभा, जुलुस गर्दा आचारसंहिताको परिधिभित्र चुनावी घोषणापत्रका आधारमा गर्नुपर्ने हुन्छ । कसैको विरोध नगर्ने र उम्मेदवारका बीचमा समन्वय हुनुपर्दछ । शान्ति सुव्यवस्था कायम गर्न यस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

 

हरेक निर्वाचनमा औसत बदर मतको प्रतिशत उच्च रहने गरेको छ, यसलाई कम गर्न के गर्नुपर्ला ? 

निर्वाचनमा मत बदर हुनुमा विभिन्न कारण जिम्मेवार हुन्छन् । हामीकहाँ मतदाता साक्षरताको स्थिति कमजोर छ । यसले गर्दा पनि मत बदर हुन्छ । मतपत्रको आकार र यसको डिजाइनले पनि मतदाता अलमलिन सक्छन् । मतपत्रमा चिह्नका कोठा र निर्वाचन चिह्नका कारण पनि मत बदर हुन्छ । उस्तैउस्तै निर्वाचन चिह्न भएमा मतदाताले झुक्किएर दुवैतिर छाप लगाउन सक्छन् । स्वस्तिक छाप र त्यसमा प्रयोग हुने मसीको गुणस्तरले पनि मत बदर हुने जोखिम हुन्छ । यसमा मतदान गर्ने कोठाको प्रकाशको अवस्थाले फरक पारेको हुनसक्छ । वृद्ध र अशक्त मतदाताले मत दिँदा पनि बदर हुने सम्भावना धेरै हुन्छ । कतिपय निर्वाचनमा बहिष्कार गर्ने दलहरूले निर्वाचनमा सहभागी हुने तर मत बदर गराउने अभियान चलाउनाले पनि बदर मतको प्रतिशत उच्च हुन सक्छ ।

 

निर्वाचनका निर्वाध रुपमा सम्पन्न गर्नका लागि सरकार र निर्वाचन आयोगको कस्तो भूमिका हुनु पर्दछ ? 

जुनसुकै देश जुनसुकै निर्वाचन होस आखिर निर्वाचन तर लोकतान्त्रिक निर्वाचनमा भूमिका भने सरकार र निर्वाचन आयोगको हुन्छ । कतिपय देशमा निर्वाचन आयोग हुँदैन, सरकारले नै निर्वाचन गर्छ तर हाम्रो सन्दर्भमा भन्ने हो भने स्वतन्त्र निकायका रुपमा निर्वाचन आयोग छ । यहाँ निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको पनि रहेको छ । निर्वाचनमा यी दुवै संस्थाको आवश्यकता छ । निर्वाचन सम्पूर्ण व्यवस्थापन र जिम्मेवारी आयोगको हुन्छ र त्यसको वित्तीय स्रोत जुटाइदिने र सुरक्षाको प्रत्याभूति तथा आवश्यक कर्मचारीको प्रबन्ध मिलाइदिने जिम्मेवारी सरकारको हुन्छ  । जेन्जी आन्दोलनपछि गठन भएको यो विशेष अवस्थाको सरकार हो,  यसलाई अन्तरिम सरकार पनि भनिन्छ  । निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन वर्तमान सरकारको भूमिका प्रशंसनीय छ ।  राजनीतिक दलहरु पनि निर्वाचन सम्पन्न गराउन अन्तिम तयारीमा रहेका छन् । निर्वाचन आयोगले आवश्यकपर्ने सम्पूर्ण मतपत्र, मतदान केन्द्र मतपेटीका मतदाता नामावली, मतदानका लागि जनशक्ति मतगणनाको व्यवस्थालाई अन्तिम चरणमा पु¥याएको छ ।

 

निर्वाचन प्रचारप्रसार र मौन अवधिबारे अझ प्रष्ट पारिदिनुस् न  ?  

निर्वाचनका विधि र प्रक्रियाहरु विभिन्न देशमा फरकफरक किसिमको हुन्छ । मौन अवधिका बारेमा पनि विभिन्न अभ्यासहरु रहेका छन् । हाम्रो सन्दर्भमा मतदान हुनु तीन दिनअघिदेखि खुला रुपमा प्रचारप्रसार गर्न पाइँदैन । यस अवधिमा सबै मतदाताले आफ्ना विचार र सोच निर्माण गर्न सक्दछन् । यो समय ज्यादै महत्वपूर्ण समय हो । यता यस अवधिमा निर्वाचन आयोगलाई मतदानको अन्तिम तयारी गर्न सकिन्छ ।

 

अन्तमा मतदातालाई यहाँको केही सन्देश छ कि ? 

नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । लोेकतन्त्रलाई सुदृढ बनाउन र सम्पूर्ण नेपालीको सुख, समृद्धिका लागि स्थायी सरकार बनाउनका लागि मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्न चाहन्छु । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यहाँहरुले शान्त भएर आफ्ना मताअधिकारको प्रयोग गर्नु ठूलो अधिकार हो । कसैको लोभलालच, डर धम्की र त्रासमा नपरेर स्वतन्त्र, स्वच्छ रुपमा मताधिकार प्रयोग गर्नुपर्छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर,  कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ,  यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।आज ३३५ कम्पनीको चार करोड १६ लाख...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ, देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।     विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९