पाटन (ललितपुर), ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा तोसिमा कार्की निर्वाचित हुनुभएको छ । उहाँ ४३ हजार ९६ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन पुनाराम खनालले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले छ हजार २२ मत प्राप्त गर्नुभयो । एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर–३ मा ६९ हजार ३९१ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































