नवलपुर (नवलपरासी), नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँ ५० हजार ९४५ मतसहित निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले नौ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































