गोलबजार (सिरहा), सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याउनुभयो । नेकपा (एमाले)का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गर्नुभयो ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































