वालिङ (स्याङ्जा), प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउनुभएको हो ।कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































