राजविराज (सप्तरी), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव विजयी हुनुभएको छ ।मुख्यनिर्वाचन अधिकृत किशोर घिमिरेले दिनुभएको जानकारी अनुसार यादवले २८ हजार ४०४ मत प्राप्त गरी विजय हुनुभएको छ । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभयो । त्यस्तै, जनमत पार्टीका सीके राउतले ९ हजार ८८० मत प्राप्त गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































