महेन्द्रनगर (धनुषा), धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमाशंकर अरगरियाले १० हजार १५३ मत प्राप्त गर्नुभयो । यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झाले आठ हजार ४०३, जनता समाजवादी पार्टी (जसपा) का पशुपति यादवले तीन हजार ८३० मत प्राप्त गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































