घोडाघोडी (कैलाली), कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार खनालले १९ हजार ५७ सय मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका पतीराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गर्नुभयो ।
साथै नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार ८८६, नेपाली कांग्रेसका विजयबहादुर स्वारले सात हजार २१३ र नेपाल कम्युनिष्ट पार्टीका नन्दबहादुर साउँदले चार हजार ३६९ मत प्राप्त गर्नुभयो । उक्त क्षेत्रमा कुल एक लाख सात हजार ७५७ मतदाता रहेकामा ५६ हजार ७७० जनाले मतदान गरेका थिए । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































